विद्युत आयोजनाका मजदुरले काम गरेको ६ महिना बितिसक्दा पनि ज्याला पाएनन्
सिस्ने गाउँपालिका–८ मा निर्माणाधीन जामाखोला लघु जलविद्युत आयोजनामा काम गरेका मजदूरले ६ बितिसक्दा पनि ज्याला पाएका छैनन् ।
सिस्ने गाउँपालिका –८ की चन्द्रकला परियारले उक्त विद्युत आयोजनामा ०७७ वैशाखमा १८ दिन काम गर्नु भयो । उहाँले काम गरेको ९ हजार रुपियाँ अहिलेसम्म नपाएको दुखेसो पोख्नु भयो । सोही ठाउँकै झुपलाल घर्ती, कुँवेर घर्ती, नौली पुन लगायत ३५ जना मजदुरको पीडा पनि चन्द्रकलाको भन्दा फरक छैन । उहाँहरू भन्नु हुन्छ–‘मामको जोहो गर्न काम गरियो, त्यही कामको दाम पाइएन ।’ घर खर्च गुजारा चलाउन भनी विद्युत् आयोजनाको विद्युत गृह निर्माणको कामको ज्याला नपाउँदा उहाँहरू मर्कामा परेका छन् ।
विद्युत आयोजना निर्माण समितिका सचिव विष्णु सार्कीले भने लागत अनुमान अनुसार मजदुरलाई काममा लगाए पनि भुक्तानी कम भएकाले काम गरेको ज्याला दिन नसकिएको बताउनु भयो । सचिव सार्कीका अनुसार पहिले जिल्ला समन्वय समिति रुकुम पूर्वले १७ लाख र सिस्ने गाउँपालिकाले ४० लाख गरी जम्मा ५७ लाख रुपियाँ विद्युत् आयोजनाका लागि उपलब्ध गराउने भनिएको थियो ।
समितिले पनि त्यसैअनुसार लागत अनुमान तयार गरेको थियो तर पछि जिससबाट भुक्तानी नभएको र गाउँपालिकाबाट पनि विद्युत गृह निर्माणका लागि तयार पारिएको ठाउँमा पहिरो झरेपछि २१ लाख एक हजार मात्र भुक्तानी दिएकाले मजदुरलाई ज्याला दिन नसकिएको सचिव सार्कीले बताउनु भयो ।
जिससका प्रमुख गजेन्द्रबहादुर ओलीले भने समितिलाई रकम उपलब्ध गराउने विषयमा आफुहरूसँग कुनै सम्झौता नभएको बताउनुभयो । त्यस विषयमा आफूलाई कुनै जानकारी समेत नभएको उहाँको भनाइ छ ।
जयमान बुढा मगर
सम्बन्धित समाचारहरू
खानेपानीको समस्या झेल्दै रारा गाउँबासी
तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
जिल्ला अस्पताल स्तरोन्नति नहुँदा बिरामीलाई सास्ती !
डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ…
हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा…