विद्युत आपूर्ति हुन नसक्दा जिल्ला अस्पतामा भर्ना भएका बिरामीलाई उपचारमा कठिनाई
जिल्ला अस्पातल हुम्लामा विद्युत आपूर्ति हुन नसक्दा अस्पतालमा भर्ना भएका बिरामीलाई कठिनाई भएको छ । हेल्दुङ्ग विद्युत वितरण केन्द्रको विस्तारित लाइन जिल्ला अस्पतालमा सिधै जडान गरिएको भएपनि चाहिने भन्दा कम एमपियरको एमसिवि जडान हुँदा विद्युत आपूर्तिमा समस्या भएको हो ।
जिल्ला अस्पतालमा गत दुई वर्षदेखि हेल्दुङ्ग विद्युत वितरण केन्द्रको विस्तारित लाइन सिधै जडान गरिए पनि विद्युत वितरण केन्द्रले अस्पतालमा चाहिने भन्दा कम क्षमता भएको एमसिवि जडान गरेपछि बिरामीलाई उपचारमा समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालय, हुम्लाका कार्यालय प्रमुख प्रेमबहादुर सिंहले गुनासो गर्नु भएको छ ।
प्रमुख सिंहका अनुसार अस्पतालका लागि ६४ एमपियरको एमसिवि जडान गरिनु पर्ने हो । तर हालसम्म हुन नसकेर पुरानै १६ एमपियरको एमसिवी राखिदा जिल्ला अस्पताल, हुम्लाले समस्या खेप्नु परेको हो ।
कम क्षमताको एमसिवि जडानका कारण जिल्ला अस्पतालमा रहेका विभिन्न बिरामीका लागि संचालन गरिनु पर्ने उपकरणहरू सुचारु हुन नसक्नुका साथै बिरामीलाई समेत भरपर्दो सेवा दिन नसकेको प्रमख सिंहले गुनासो गर्नु भएको छ ।
त्यस्तै बैकल्पिक उपायका रुपमा रहेको सोलार व्याट्री पनि हिमपातका कारण काम नगर्ने स्थितीमा पुगेको प्रमुख सिंहले बताउनु भएको छ । उहाँले भन्नु भयो “दैनिक रुपमा उपचारका लागि आएका सेवाग्राहीले विद्युत आपूर्ति हुन नसकेकै कारण मार खेप्नु परेको छ ।”
जिल्ला अस्पताल हुम्लाले यो समस्या उत्पन्न हुन नदिनका लागि विभिन्न सरोकारवाला निकाय र स्थानीय तहलाई अनुरोध गर्दा समेत कसैले सुनुवाई नगरेको सिंहले बताउनु भएको छ ।
हाल जिल्ला अस्पतालको इमरजेन्सी वार्डमा पाँच जना मध्ये दुई जना पुरुष र तीन जना महिला भर्ना भएको भए पनि उनीहरूलाई पर्याप्त सेवा दिन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।
जसमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक रहेको र उनीहरू मध्ये तीन जना महिलालाई पेट दुख्ने, श्वासप्रश्वासमा समस्या र दुई जना पुरुषलाई घाउ खटिराको समस्या रहेको छ ।
जिल्ला अस्पतालमा विद्युतको अभावमा भएका उपकरण संचालन हुन नसक्दा समस्या भोग्नु परेको बिरामी कुरुवा हस्तवीर रोकायाले गुनासो गर्नु भएको छ ।
स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा पर्याप्त मात्रामा विद्युत व्यवस्था हुनुपर्नेमा जिल्लाका नियमनकारी निकाय, स्थानीय तहका जनप्रतिनिधिहरूको त्यतातिर ध्यान जान नसकेको बिरामी कुरुवा रोकायको आरोप छ ।
विद्युत वितरण केन्द्रले विद्युत खपत कम गराउने उदेश्यकासाथ कम क्षमता भएको एमसिवि जडान गरेको र थपका लागि आफुले केही भन्न नसक्ने हेल्दुङ्ग विद्युत वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख सुशील चौधरीले बताउनु भएको छ ।
विद्युत सेवा ठप्प हुँदा जिल्ला अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएका बिरामीले सास्ती खेप्नु परेको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…