विद्यार्थीहरू बिरामी भएर विद्यालय बन्द हुँदा पठनपाठनमा प्रभावित
सर्केगाड गाउँपालिका–२ स्थित कुन्नकोट आधारभूत विद्यालय र सर्केगाड गाउँपालिका–३, उनापानीस्थित देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरू धमाधम बिरामी भएर विद्यालय बन्द हुँदा पठनपाठनमा प्रभावित भएको छ ।
गत भदौ २५ गतेदेखि हालसम्म गरेर दैनिक दिन दुई ओटा विद्यालय गरेर ६ जना विद्यार्थीहरू विद्यालय सञ्चालनको समयमा बिरामी पर्ने गरेको कुन्नकोट आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज फडेराले बताउनु भयो । केही दिनदेखि पठनपाठन गर्ने समयमै बिरामी हुन थालेपछि पठनपाठनमा प्रभावित भएको प्रधानाध्यापक फडेराको भनाइ छ ।
सो विद्यालयका छात्राहरू बिरामी हुन थालेपछि छात्रहरू झाँक्रीको भेषमा पतुर्ने (नाच्ने) गर्ने गरेको उहाँले बताउनु भयो । विद्यालयमा विद्यार्थी बिरामी हुन थालेपछि असोज १ गतेदेखि विद्यालय बन्द गर्नु परेको उहाँले बताउनु भयो । त्यस्तै उनापानीको देवकोटा आधारभूत विद्यालयका विद्यार्थी पनि बिरामी हुने गरेपछि असोज २ गतेदेखि विद्यालय बन्द गरिएको फडेराले बताउनु भयो । विद्यार्थी के कति कारणले बिरामी हुने गरेका हुन् त्यो आफूहरूलाई थाहा नभएको विद्यालय प्रशासनले जनाएको छ ।
प्राय जसो विद्यार्थी बिरामी हुन थालेपछि उनीहरूको पठनपाठन प्रभावित हुनुका साथै विद्यालयलाई पनि समस्या हुने गरेको छ । सुरुमा एक दुई छात्रामा काँप्ने, रुने कराउने र चिच्याउने गर्नुका साथै शरीर बाँउडिने समस्या देखापरेपछि पछि अधिकांश विद्यार्थीमा यो समस्या देखिने गरेको प्रधानाध्यापक फडेराले उल्लेख गर्नुभयो ।
के कति कारणले विद्यार्थी बिरामी हुने गरेका हुन् कसैलाई थाहा नभएको उहाँको भनाइ छ । विद्यार्थी अचानक बिरामी हुन थालेपछि स्वास्थ्य सेवा कार्यालय हुम्ला, गाउँपालिकाको स्वास्थ्य शाखामा विद्यार्थीको उपचारका लागि मनोचिकित्सकको चाँडो व्यवस्था गर्न पत्राचार गरेको प्रधानाध्यापक फडेराले जानकारी दिनुभयो । हुम्लामा यो समस्या विद्यार्थीमा दोस्रो पटक देखिएको हो । गत वर्ष सर्केगाड गाउँपालिका केन्द्र हिमज्योति माधयामिक विद्यालयका विद्यार्थीमा समेत यो समस्या देखिएको थियो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…