विद्यालय शान्ति क्षेत्र बनाउन गरेको प्रतिबद्धता राजीनितिक दलबाटै उल्लङ्घन
विद्यालय शान्ति क्षेत्र राख्ने तथा विद्यालयहरूमा चुनावी आमसभा गतिविधि नगर्ने प्रतिबद्धता जनाएका राजनीतिक दलकै तर्फबाट आफ्नो प्रतिबद्धताको ठाडो उल्लङ्घन गरेका छन् ।
दार्चुलाको नौगाड गाउँपालिकाका अधिकांश विद्यालयहरूको प्राङ्गण प्रयोग गर्दै चुनावी आमसभा गरेर प्रतिबद्धता उल्लङ्घन गरेका हुन् । अहिले उक्त क्षेत्रमा दैनिक रूपमा विद्यालयहरूमा राजनीतिक दलहरूले चुनावी आमसभा गरिरहेका छन् ।
जिल्ला शिक्षा कार्यालयले विद्यालय क्षेत्र भित्र कुनै पनि राजनीतिक आमसभा तथा कार्यक्रम गर्न नदिन सम्पूर्ण विद्यालयहरूलाई गत वैशाख १५ गते परिपत्र गरेपनि विद्यालयमा कार्यक्रम गर्न भने रोकिएको छैन । जिल्लास्थित राजनीतिक दलहरूले विद्यालय शान्ति क्षेत्रको रूपमा प्रयोग गर्ने, कुनै पनि राजनीतिक गतिविधि विद्यालय क्षेत्र भित्र नगर्ने प्रतिबद्धता जनाएपनि ग्रामीण भेगमा अहिले दैनिक रूपमा चुनावी सभा भने विद्यालयमै भइरहेका छन् ।
जेठ २६ गते नेकपा माओवादी केन्द्रले भुमीराज प्रावि इयरकोट र नेपाली काङ्ग्रेसले गणेश विनायक उमावि सिप्टीमा चुनावी सभा गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले दिनहुँ जसो विद्यालयसँग मौखिक रूपमै स्वीकृत लिएर आमसभा गरेका छन् ।
नौगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मानबहादुर धामी सन्तोषको प्रमुख आतिथ्यमा विद्यालयमा चुनावी सभा भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नौगाड गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दलजीतसिंह धामी, उपाध्यक्ष गायत्री रावललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको नेकपा माओवादी केन्द्र दार्चुलाका हरिश भट्टले जानकारी दिए । गाउँमा कार्यक्रम गर्न अन्य खुला ठाउँ नपाइएपछि विद्यालयमै कार्यक्रम गरिएको भट्टले बताए । नेकपा माओवादी केन्द्रले विज्ञप्तिमार्फत विद्यालयमा कार्यक्रम गरेको उल्लेख गरेको छ ।
यस्तै नौगाड गाउँपालिकामा गणेश विनायक उमावि सिप्टीमा काङ्ग्रेस महासमिति सदस्य विक्रमसिंह धामीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ । उक्त कार्यक्रममा काङ्ग्रेस नेता मदन गिरी, नौगाड गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जगतसिंह ठगुन्ना र उपाध्यक्ष पदका उम्मेदवार लालमति धामीको उपस्थिति रहेको अध्यक्ष पदका उम्मेदवार जगतसिंह ठगुन्नाले जानकारी दिए । गणेश विनायक उमावि सिप्टीमा जेठ २५ गते मात्र नेकपा माओवादी केन्द्रले चुनावी आमसभा गरेको थियो ।
यस्तै नौगाड गाउँपालिकाको लटिनाथ उमावि खारमा २४ गते नेपाली काङ्ग्रेस र २० गते नेकपा माओवादी केन्द्रले चुनावी आमसभा गरेको छ । काङ्ग्रेस कार्यक्रममा जिल्ला सभापति ललितसिंह बोहरा तथा नेकपा माओवादीको चुनावी आमसभामा माओवादी केन्द्रका जिल्ला संयोजक मानबहादुर धामीले सम्बोधन गरेका थिए ।
यस्तै केदारेश्वरी मावि सुण्डुमुण्डुमा २२ गते काङ्ग्रेस र त्यसअघि नेकपा माओवादी केन्द्रले चुनावी आमसभा गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रले २० गते समैजी निमाविमा चुनावी आमसभा गरेको छ । अहिले दैनिक रूपमा काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले विद्यालयको प्रयोग गर्दै कार्यक्रम गरिरहेका छन् ।
लटिनाथ मावि खारका शिक्षक धौलसिंह ठगुन्नाका अनुसार आफूहरूलाई मौखिक रूपमा कार्यक्रम गर्न भनेर अनुमति मागेको बताए । 'जिल्ला शिक्षा कार्यालयबाट पत्र आए नआएको बारे जानकारी भएन ।'-उनले भने-'तर, अहिले राजनीतिक दलहरूले नियमित जसो विद्यालयमा कार्यक्रम गरिरहेका छन् । कुनै पार्टीले शनिबार त कुनै पार्टीले विद्यालयको विदा भएपछि चुनावी आमसभा गर्ने गरेका छन् ।' उक्त विद्यालयका प्रधानाध्यापक बाबुराम बरइ भने आफु जिल्लाबाहिर गएको बताए ।
यस्तै गणेश विनायक उमावि सिप्टीका प्रधानाध्यापक राजेन्द्रसिंह महरले पनि आफू जिल्ला बाहिर रहेको अवस्थामा विद्यालयमा कार्यक्रम भएको हुन सक्ने बताए । केदारेश्वरी मावि सुण्डुमुण्डका प्रधानाध्यापक वीरबहादुर ठगुन्नाले राजनीतिक दलका कार्यक्रम विद्यालय समय बाहिर हुने गरेको बताए । बिहानै विद्यालय लाग्छ, १ बजे विद्यालयमा कार्यक्रम गर्ने गरेको उनले बताए ।
जिल्लास्तरमा जिल्ला शिक्षा अधिकारी खगेन्द्रबहादुर सिंहले पटकपटक विद्यालयहरूमा कार्यक्रम गर्न रोक लगाइएको तथा कारबाही गर्ने चेतावनी दिइरहेपनि ग्रामीण भेगका विद्यालयहरूमा भने निर्वाध रूपमा आमसभा भइरहेका छन् ।
निर्वाचन आचारसंहिताले कुनै पनि सार्वजनिक स्थल, मठ मन्दिर, धार्मिक स्थलमा कार्यक्रम गर्न रोक लगाएको छ ।
यसैबीच नेकपा एमालेले नौगाड गाउँपालिकाका विभिन्न विद्यालयहरूमा सत्तापक्ष नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले विद्यालयहरूमा चुनावी आमसभा गरेर आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको छ । उजुरीबारे आवश्यक छानबिन गरेर कारबाही अघि बढाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…