विद्यालय शान्ति क्षेत्रको अवधारणा कार्यान्वयन गर्न नागरिक समाज कैलालीको आग्रह
निजी विद्यालयहरूले नियम विपरीत शुल्क बढाएको विरोधमा ०७४ वैशाख १३ गतेदेखि आन्दोलनरत सयुंक्त विद्यार्थी सङ्गठनले वैशाख १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक आमहड्तालको घोषणा गरेपछि नागरिक समाज कैलालीले विद्यालय शान्ति क्षेत्रको आवधारणालाई कार्यान्वयन गर्न आग्रह गर्दै वैशाख १८ गते एक विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा विद्यालय बन्द गर्ने, चर्को शुल्क लिने, पाठ्यपुस्तक हरेक वर्षबदलिँदै जाने, जस्ता गतिविधिले बालबालिकाको शिक्षाको अधिकार हनन् भइरहेकाले यस अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यहरू बन्द गर्न तथा विद्यालय शान्ति क्षेत्रको अवधारणा कार्यान्वयन सम्बन्धमा सबै पक्षको ध्यानाकर्षण गराउनको लागि प्रेस विज्ञप्ति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्यालय बन्द गर्ने कार्य गम्भीर समस्या रहेकोले यसको समाधानका लागि सरकारी निकाय, राजनीतिक दल, अभिभावक सङ्घ सबै पक्षसँग छलफल गर्न जरूरी रहेकोले यसको बारेमा प्रमुख जिल्ला अधिकारीसँग बसेर छलफल गर्ने निर्णय गरेको नागरिक समाज कैलालीका अध्यक्ष एवम् इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले बताए ।
रविना चौधरी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…