विद्यालय व्यवस्थापन नहुँदा विद्यार्थीहरु चिसो भुइँमा बसेर पढ्न बाध्य
नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोञ्जन तथा सर्वागीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको भएपनि दोधरा चादँनी नगरपालिका–१० ओमकार आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु चिसो भुइँमै बसेर पढ्न बाध्य भएका छन् ।
गत असोज महिनामा आएको बाढीका कारण ओमकार आधारभूत विद्यालयमा रहेका फर्निचर, खेलकुद समाग्री, पीफम, कागज–पत्रलगायतका समाग्रीहरुमा क्षति पुगेको एक महिना भन्दा बढी भइसक्दा समेत विद्यालय व्यवस्थापन हुन नसकेपछि विद्यार्थीहरु भुइँमा बसेर बढ्न बाध्य भएका हुन् ।
ओमकार आधारभूत विद्यालयमा ३ सय ५६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
बाढीले विद्यालयमा रहेका सबै समाग्रीहरुमा क्षति पुगेपछि एक कक्षदेखि चार कक्षासम्म अध्ययनरत १ सय २५ जना बालबालिकाहरु चिसो भुइँमा बसेर बढ्न बाध्य भएका ओमकार आधारभूत विद्यालयका प्रधानाध्यापक टंकलाल जोशीले बताउनु भयो ।
समस्या समाधान गर्न नगरपालिकासँग पटकपटक समन्वय गरी आग्रह गर्दा समेत समस्या समाधान हुन नसकेको र विद्यार्थीहरुले बोरामा पराल हालेर बस्नका लागि विद्यालयमा आउने गरेको प्रधानध्यापक जोशीले बताउनु भयो ।
बाढी घर भित्रै पसेका कारण घर भत्किनुको साथै घर भित्ररहेका सम्पूर्ण लत्ताकपडा, अन्न, कापी, किताव, विद्यालय पोषकलगायतका समाग्रीमा क्षति भएकोले बालबालिकाहरुलाई थप समस्या उत्पन्न भएको स्थानीय अभिभावक मोहन सुनारले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘बाढीले घर पनि चिसै छ । विद्यालयमा गएर पनि बालबालिकाहरु चिसोमै बस्ने गरेका छन् । विद्यालय व्यवस्थापनमा स्थानीय तहबाट सहयोग नभएको सुन्नमा आएको छ । चिसो मौसममा बालबालिकाहरु चिसो भुइँमा बस्दा बिरामी हुने गरेका छन् ।’
घरमा पसेको बाढीले अहिलेसम्म पनि घर सुख्न नसकेको र विद्यालयमा पनि बालबालिकाहरु चिसो भुइँमा नै बस्दै आएकाले बालबालिकाहरुको स्वास्थ्य अवस्था पनि बिग्रने चिन्ता बढेको स्थानीय अभिभावक शान्ती सार्कीले दुखेसो पोख्नु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्रका डा.शुशील जोशीले गत एक सातादेखि चिसो बढदै गएकोले दैनिक रुपमा १० देखि १२ जना रुघाखोकी, ज्वरो र निमोनियकाका बिरामी बालबालिकाहरु स्वास्थ्य केन्द्रमा आउने गरेको बताउनु भयो ।
चिसोका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, निमोनियलगायतका समस्याहरु देखिने भएकोले चिसोयाममा बालबालिकाहरुको स्वास्थ्यमा थप ध्यान दिन आवश्यक भएको डाक्टर जोशो भनाइ छ ।
आर्थिक अभाव, स्थानीय सरकारको बेवास्ता तथा विद्यालय व्यवस्थापन समितिको आर्थिक कठिनाइका कारण बालबालिका भुइँमै बसेर अध्ययन गर्न बाध्य छन् ।
दोधारा चादनी नगरपालिका–१० का कार्यवहाक अध्यक्ष बलबहादुर गुरुङले विद्यालयमा बालबालिकाहरु भुइँमा बस्दै आएकाले नगरपालिकासँग समन्वय गरेर बस्नको लागि पीफमको व्यवस्था गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘कापी, कलम, किताव, विद्यालयको पोषाकलगायत आवश्यक समाग्रीको माग गरेको छु । कार्यपालिकाको बैठक बसेपछि सहयोग गर्ने नगरप्रमुखले बताउनु भएको छ ।’
दोधारा चादनी नगरपालिका शिक्षा शाखा प्रमुख हिरदत्त जोशीले विद्यालयमा बालबालिकाहरु भुइँमा बसेर पढ्नु पर्ने अवस्था आएको जानकारी भएपछि हाललाई पीफमहरु उपलब्ध गराइएको र अन्य आवश्यक समाग्रीहरु कार्यपालिकाको बैठकबाट निर्णय गरिने बताउनु भयो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…
रोल्पा कारागारमा एक जना कैदीद्वारा झुण्डिएर आत्महत्या
रोल्पा कारागारमा अपराधिक लाभ मुद्दामा कैद भुक्तान गरी रहेका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयबिक्रम शाह जेठ ४ गते झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जेठ…