विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित
थलारा गाउँपालिका–२ बगाडाको खापरदेव आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएपनि मर्मतसम्भार हुन नसक्दा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।
असार ३० गते आएको हावाहुरीले विद्यालय भवनको छाना उडाउनुको साथै विद्यालय भवनको पर्खालमा समेत क्षति हुँदा विद्यार्थीहरूको दैनिक पठनपाठनमा समस्या भएको हो ।
हावाहुरीले विद्यालयको छाना उडाउनुको साथै पर्खाल भत्काइ दिएपछि पठनपाठन अवरुद्ध हुँदै आएको प्रधानध्यापक कृपाराम जोशीले बताउनु भयो ।
भवनको छाना र पर्खाल निमार्णका लागि पहल गरी दिन वडा कार्यालय र गाउँपालिकामा लिखित निवेदन गरिएको भएपनि हालसम्म कुनै सुनवाइ नभएको प्रधानाध्यापक जोशीको भनाइ छ ।
असार ३० गतेदेखि खुल्ला चौरमा बसेर पढ्नु परेको र दिनभरी चल्ने हावाका कारण किताबकापी समेत हावाले उडाइदिँदा पढाइमा बाधा भएको कक्षा ७ मा अध्यनरत समिर खातीले गुनासो गर्नु भयो ।
खापरदेव आधारभूत विद्यालयमा कक्षा ५ मा अध्यनरत कल्पना विष्टले हावाहुरीका कारण विद्यालयको छाना उडाउँदा पानी परेको दिन विद्यालय बन्द हुने भएकोले पठनपाठनमा समस्या भएको दुखेसो पोख्नु भयो ।
भवन निमार्णका लागि वडा कार्यालयमा बजेट नभएको कारण गाउँपालिकालाई अनुरोध गरिएको थलारा गाउँपालिका–२ का अध्यक्ष रविन्द्र खातीले बताउनु भयो ।
आठ कक्षासम्म पढाई हुने यस विद्यालयमा २ सय ६८ जना विद्यार्थीहरू अध्ययनरत छन् ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…