विद्यालय भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थी टहरामा पढ्दै
धार्चे गाउँपालिका–७ लापुको कालरात्री माध्यामिक विद्यालयको भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थीहरू निकै सकसले टहरोमा पठन पाठन गर्न बाध्य छन् ।
असल छिमेकी (गुड नेभर्स) नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले स्न २०१७ को डिसेम्बरसम्म विद्यालय भवन निर्माण गरिसक्ने भन्दै शिक्षा मन्त्रालयसँग निर्माणको जिम्मा लिएको थियो । गुड नेभर्सले स्थानीय गैरसरकारी संस्था पद्घति विकास सेवा केन्द्रमार्फत डेढ वर्षअघि टेण्डर आह्वान गरेको थियो ।
एनवी कन्ट्रक्सनले ३ करोड २० लाख रूपियाँमा ठेक्का पाएको सो विद्यालयको निर्माण सम्पन्न गर्नुपर्ने अवधि गुज्रिएर पाँच महिना बितिसक्दा जग निर्माणको काम मात्र सम्पन्न भएको छ । ६÷६ कोठे दुईओटा विद्यालय भवन बनाउने भनी सम्झौतामा उल्लेख भएपनि सो कन्ट्रक्सन जग खन्दाखन्दै सम्पर्कविहीन बनेको छ ।
समयमा विद्यालय निर्माण सम्पन्न नहुँदा निकै कष्टका साथ कक्षा सञ्चालन गर्नुपरेको विद्यालयका प्रध्यानाध्यापक रामकृष्ण खनालले बताए । ‘जग खन्दाखन्दै मान्छे आउनै छाडे । चिसो ठाउँ विद्यालय भवन नहुँदा टहरोमा पढाउन निकै सास्ती भएको छ ।’–खनालले भने ।
२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको पुरानो भवनको जस्ताको बार र जस्ताकै छानाको प्रयोगबाट निर्माण भएको टहरोमा पठन पाठन गराइ रहेको उनले बताए । टहरोबाट कक्षा सञ्चालन गर्दा गुणस्तरीय शिक्षा दिन नसकेको उनको भनाई छ ।
एउटा कक्षामा पढाएको अर्को कक्षामा प्रष्टसँग सुनिने र हावाहुरी अनि पानी पर्दा पढाइ प्रभावित हुने गरेको शिक्षकहरू बताउँछन् । भुँइको चिसोले विद्यार्थी विभिन्न समस्या देखिँदै आएको प्रअ खनालले बताए । ‘विद्यालय परिसर भरी निर्माण सामग्री छन् । त्यसले जोखिम बढाएको छ । प्रार्थनाका लागि विद्यार्थी लाममा राख्न छाडेको पनि महिनौँ भयो । शुक्रबारे कार्यक्रम पनि गर्न सकेका छनौँ ।’–उनले भने ।
एनवी निर्माण सेवाले काम अलपत्र छाडेपछि ठेक्का सम्झौता तोड्दै सो विद्यालय भवन निर्माणको जिम्मा गत चैतबाट विद्यालय व्यवस्थापन समितिलाई दिइएको छ । ठेकेदारकै कारण समयमा काम सम्पन्न हुन नसकेको गुड नेभर्सका जिल्ला संयोजक द्रोण जिसी बताउँछन् । जिसीले विद्यालय व्यवस्थापन समितिसँगको सहकार्यमा विद्यालय भवन निर्माणलाई अब तीव्रता दिने बताए ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…