विद्यालय भवन नबन्दा सात वर्षदेखि टहरामा पठनपाठन
जिल्लाकै पुरानो मध्येको एक जिरी माध्यामिक विद्यालयमा पठनपाठन विगत सात वर्षदेखि जस्ताको टहरामा हुँदै आएको छ । उक्त विद्यालयमा हाल ६ सय ५० भन्दा बढि विद्यार्थी हरेक दिन सकस मानेर जीर्ण अस्थायी टहरामा पढन् बाध्य छन् ।
नेपाल सरकार अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पहलमा चीन सरकारले जिरी माध्यमिक विद्यालय ०६९ सालमा सर्वेक्षण गरेर ०७४ सालमा विद्यालय भवन निमार्ण सक्ने सहमति पत्रमा हस्ताक्षर भए पनि सहमति कता गयो हालसम्म विद्यालय भवनको जग समेत खनिएको छैन ।
यसैबीच ०७२ साल बैशाखमा गएको भूकम्पपछि विद्यालयका १५ भन्दा बढि भवनहरू असुरक्षित भएपछि भत्काईएका थिए ।
भूकम्प अघिकै सहमति अनुसार विद्यालय भवन निमार्ण हुनु पर्नेमा हालसम्म निर्माण कार्य सुरु भएकै छैन ।
यता जिल्लाका अन्य विद्यालयहरू भने भूकम्पपछिको पुननिर्माण सकिएर अत्याधुनिक भवनहरूमा परिणत भइसकेका छन् ।
विद्यालय भवनको अभावमा शिक्षण शिकाईमा समेत असर पर्दै गएको विद्यालयका शिक्षक केदार दाहालले बताउनु भयो ।
घाम लाग्दा जस्ता तातेर पढाउन सकस र पानी पर्दा शिक्षकले पढाएको नसुनिने यस्तै समस्यामा सात वर्ष वितिसेको छात्रा रितिका खड्का बताउनु हुन्छ ।
टहराका काठ मक्किएर भाँचिने अवस्थामा पुगिसकेका छन् । कक्षा कोठामा पानी पसेर हिलाम्मे छ । ओतका लागि हालिएका जस्ता सहित डेस्क बेञ्च मकिन थालेका छन् ।
‘घाम लाग्यो भने जस्ताले पोल्छ,’ उनी भन्छिन्, ‘पानी पर्दा पाठयपुस्तक भिज्ने र सरले पढाएको केही बुझिदैन ।’
कक्षा १० मा अध्ययनरत छात्र कैलाश जिरलले विद्यालयका अस्थायी टहरा जीर्ण भएर जोखिममा पढनुपर्ने बाध्यता रहेको बताउँछन् ।
‘जस्ताका टहराहरूका काठ मक्किएर कुनै पनि बेला ढल्लने अवस्थामा पुगेको छ,’ कैलाश भन्छन्, ‘हरेक दिन जोखिम मोलेर कक्षामा बस्नुपर्ने बाध्यता छ ।’
बालबालिका जोखिम टहरामा पढन बाध्य छन्, ‘गर्मीमा विद्यालयका छाना तातेर उकुसमुकुस हुन्छ भने जाडोमा चिसिएर अत्यन्तै कष्टकर,’ शिक्षक दहालले भन्नु भयो ‘वर्षामा कहिले भल पस्ने, पढाएको समेत जस्ता बजेर सुनिदैन ।’
पुरानो र असुरक्षित भवन भत्काएर अस्थाई रूपमा विद्यालयकै खेल मैदानमा २० ओटा टहरा निर्माण गरेर पढाई सञ्चालन गरिएको छ ।
भूकम्प जानु अघिनै चीन सरकारले झण्डै एक अर्ब लगानिमा सुविधा सम्पन्न विद्यालय भवनहरू निर्माण गरिदिने सहमति बनेकोले अहिलेसम्म नयाँ भवन नबनाईएको विद्यालयका प्रधानाध्यापक कुमार जिरेलले बताउनु भयो ।
जिरी माविमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, कम्प्यूटर कोठा, अफिस कोठा, शिक्षक तथा विद्यार्थी आवास गृह, चमेना गृह, खेल मैदान सहितको झण्डै एक अर्ब लगानीमा विद्यालयका संरचना निर्माण गर्न ०६९ मै चीन सरकारसँग सहमति बनेको प्रधानाध्यापक जिरेलले बताउनु भयो ।
सोही आधारमा २०७६ भदौबाट काम सुरु गर्ने भनिए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले काम अघि नबढाएको प्रधानाध्यापकको भनाई छ ।
‘सम्झौता अनुसार विद्यालयका भवन निमार्णको जग खन्ने काम समेत भएको छैन्,’ उहाँले भन्नु भयो ‘विद्यार्थीलाई खेल मैदानमा सात वर्षअघि बनेका जोखिम टहरामै राखेर पढाईरहेका छौं ।’ विद्यालय भवन नहुँदा नयाँ प्रविध अनुसारको शिक्षा दिन नसकिएको उहाँको भनाइ छ ।
‘कक्षा कोठाको समस्याले शिक्षण सिकाई सामग्रीको उपयोगमा समस्या छ,’ प्रधानाध्यापकले भन्नु भयो, ‘विद्यार्थीहरूलाई अध्ययनमा कठिनाई तथा जोखिम र स्वास्थ्यमा समेत समस्या आउने गरेको छ ।’
चीन सरकारले तत्कालै काम सुरु गर्ने भनेपछि विद्यालयले ६ हजार ६ सय २८ वर्गमिटर जमीन खालि गरिदिएको थियो ।
‘काम यति ढिला हुनसक्ने भनिएको भए सामान्य क्षति भएको भवनहरू मर्मत गरेर विद्यार्थीको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सकिन्थ्यो, जिरेल भन्नु हुन्छ, ‘काम सुरु गरिहाल्ने भनेर सबै भवनहरू भत्कायौँ अहिले जस्ताका टहरा समेत ढल्ने अवस्थामा पुगिसकेकाछन् ।’
कार्तिकबाट विद्यालय भवन निमार्णको काम थाल्ने जानकारी पाएको प्रधानअध्यापक जिरेलले जानकारी दिनु भयो । अब पनि काम सुरु भएन भने विद्यालयकै पहलमा अर्को विकल्प खोज्ने उहँको भनाई छ ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…