विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनुपर्नेमा जोड
अपाङ्गता, नाजुक आर्थिक अवस्था र दुर्गम भेगका १ दशमलब ५ प्रतिशत बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको भन्दै उनीहरूलाई विद्यालयको पहुँचसम्म ल्याउने पर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
'बुवा आमा नभएका र नाजुक आर्थिक स्थिति भएका विद्यार्थीको स्थिति हेर्दा निकै नाजुक छ ।'-सरस्वती उमावि आहालेका प्रध्यानाध्यापक पुरूषोत्तमबावु भट्टराइले भने-'कति अपाङ्गता भएका, गरिबी र दुर्गम क्षेत्रका बालबालिका विद्यालय बाहिर छन् उनीहरूको तथ्याङ्क सङ्कलन गरेर विद्यालय भित्र्याउन सक्नुपर्छ ।'
गोरखा नपा-१ को महेन्द्रज्योति उच्च माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले अपाङ्गता भएका बालबालिकाहरूको वृत्ति विकासका लागि कतैबाट पनि पहल हुन नसकेको भन्दै उनीहरूले अब पहल गर्ने सङ्कल्प लिएका छन् ।
'अपाङ्गता र गरिबीका कारण विद्यालय बाहिर रहेकाहरूको खोजी गर्नुपर्छ ।'-मनकामना बहिरा माध्यमिक विद्यालयका अध्यक्ष खडानन्द रेग्मीले भने ।
अपाङ्गता भएका बालबालिकाको सजिलोका लागि विभिन्न विद्यालयमा आवासीय सुविधासहित विद्यार्थीलाई पठन पाठनको व्यवस्था मिलाइएको गोरखाका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिए । 'शिक्षा क्षेत्र राज्यको धेरै लगानी भएको क्षेत्र हो । भिन्न क्षमता भएकाहरूलाई पनि शिक्षाको पँहुचमा ल्याउन हामीले पहल गरिरहेका छौँ ।'- सुवेदीले भने ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…