विद्यालय बन्द भएपछि विद्यार्थी विचल्लीमा

सदरमुकाम गमगढीमा रहेको समता विद्यालय बन्द भएपछि विद्यार्थीहरू विचल्लीमा परेका छन् । ०७५ सालदेखि अध्यापन गराउदै आएको समता विद्यालय ०८० वैशाख २० गते देखि बन्द भएपछि १ सय ३० जना विद्यार्थी यति बेला विचल्लीमा परेका हुन् ।

मदन बहादुर हरि बहादुर फाउन्डेसन द्वारा सञ्चालित ०७५ सालमा गरिव,दलित,पिछडिएका बालबालिकाले सहज गुुणस्तरीय शिक्षा पाउने भन्दै विद्यालयका प्रमुख फाउन्डर उत्तम संञ्ज्याल र सुुर्दशन पौडेलले मुुगुुमा विद्यालय स्थापना गराउनु भएको थियो ।

यस विद्यालय पाँच वर्ष नवित्दै संस्थापन पक्षले सञ्चालन मनोमानीरुपमा र सञ्चालनमा समस्या देखाउदै हात झिकेपछि विद्यार्थी पढ्न पाउने कि नपाउने भन्नेमा चिन्तामा परेका अभिभावक धर्मबहादु शाहीले बताउनुभयो ।

अन्य विद्यालय भर्ना हुनको लागि स्थान्तरण प्रमाण प्रत्र आवश्य पर्छ । त्यो विद्यालयले दिने अवस्था छैन । विद्यालय स्तर एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली अध्यावधिक विद्यालयले गराएको छैन । अन्य विद्यालयमा भर्ना गर्न समेत समस्या भएको अभिभावक कृष्णामाया मल्लले बताउनुभयो ।

विद्यालयको सूचना प्रणाली अध्यावधिक नहुँदा अन्य विद्यालयमा भर्ना हुन पनि समस्या भएको समता विद्यालय सहायक प्रधानाध्यापक समुुन्द्र कुमार मल्लले बताउनुभयो ।

Photo20230515Kalikot


जीवन सेजुवाल