विद्यालय बन्द गरेर नेपाली कांग्रेसको मतदान स्थल
नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि मङ्सिर ७ गते विद्यालयलाई मतदानस्थलको रूपमा प्रयोग गरिएपछि पठनपाठन प्रभावित भएको छ ।
म्याङलुङ्ग नगरपालिका–२ स्थित सिहवाहिनी माध्यामिक विद्यालय मङ्सिर ७ गते बिदा गरेर नेपाली कांग्रेसले मतदानस्थल बनाइएको पत्रकार कृष्ण बिदुखी गौतमले बताउनु भयो ।
नेपाली कांग्रेसको २ नम्बर क्षेत्रीय निर्वाचन र प्रदेश अन्तर्गत ख क्षेत्रको निर्वाचन मङ्सिर ४ गते जनज्योती माध्यमिक विद्यालयलाई मतदान स्थल बनाइएको थियो ।
सिंहवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर कार्कीले जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर विद्यालयलाई मतदानस्थलको रूपमा प्रयोग गरिएको बताउनु भयो ।
नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरी पठनपाठनमा बाधा पुग्ने गरी कुनै पनि राजनीतिक दल वा सङ्घसंस्थाको कार्यक्रमलाई वर्जित गरेको छ ।
नेपालको संविधान २०७२ ले धारा ३१ मा शिक्षा सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ ।
सुरेश खत्री
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…