विद्यालय बन्द गरि महोत्सवको आयोजना
शुक्लागण्डकी नपा-४ स्थित पञ्चमुनी माविको पठनपाठन बन्द गरी विद्यालय प्राङ्गणमा महोत्सव आयोजना गरिएको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घले पुस ९ गतेदेखि विद्यालयको चौरमा महोत्सव आयोजना गरेपछि विद्यालय प्रशासनले १० दिनको लागि विद्यालय विदा गरेको हो ।
तनहुँ उद्योग वाणिज्य सङ्घका अनुसार महोत्सव पुस १९ गतेसम्म चल्ने छ । विद्यालय पुस २० गतेदेखि सञ्चालन हुने विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार मल्लले महोत्सवको कारण पठनपाठनमा अवरोध हुने भएपछि विद्यालय बन्द गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको चौरमा महोत्सव आयोजना गर्न दिने निर्णय गरेपछि पठनपाठन बन्द गरिएको उनले बताए । आगामी पुस २४ गते देखि विद्यालयमा तेश्रो त्रैमासिक परीक्षा सञ्चालन हुने शैक्षिक क्यालेण्डरमा उल्लेख छ ।
प्रधानाध्यापक मल्लले यो विदालाई जाडो विदाको रूपमा स्वीकृत गरिने बताए । महोत्सवको आम्दानीको केही प्रतिशत विद्यालयलाई दिने सहमति भएपछि विद्यालय व्यवस्थापन समितिले चौरमा महोत्सव गर्न दिने निर्णय गरेको थियो ।
शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखाका प्रमुख नेपालहरी रानाभाटले विव्यस र महोत्सवको आयोजक बिचमा पहिले नै सहमति भएर महोत्सवको लागि विद्यालयको चौर उपलब्ध गराएको जानकारी पाएको बताए । विद्यालय बन्दको बारेमा विद्यालयका प्रधानाध्यापकलाई बोलाएर जबाफ मागिसेको उनले बताए ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…