विद्यालय भवन पुनर्निर्माण नहुँदा जोखिमपूर्ण अवस्थामा पठनपाठन सुचारु
दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालय भवनको पुनर्निर्माण हुन नसकेपछि एक वर्षदेखि जोखिमपूर्ण अवस्थामा पठनपाठन भइरहेको छ ।
गत वर्षको भदौ दोस्रो साता आएको बाढीपहिरोका कारण विद्यालयको दुई ओटा पर्खाल र खेल मैदान बाढीपहिरोले बगाउनुको साथै कटना गरिएको भएपनि एक वर्ष वितिसक्दा समेत पुनर्निर्माण तथ मर्मत हुन नसकेपछि बालबालिकाहरु जोखम मोलेरै अध्ययन गरी रहेका हुन् ।
शिशु कक्षादेखि पाँच कक्षासम्म पढाई हुने यस विद्यालयमा बाढिपहिरोका कारण विद्यालयको पर्खाल भत्किनुकौ साथै विद्यालयको भवनको आधा भत्किएको छ । विद्यालयमा खानेपानी र शौचालयको सुविधा पनि छैन् ।
शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरुले खोला गएर शौच गर्नु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक जंगबहादुर बमले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘भवनको वरपर पहिरो आएको छ । भवन मात्रै बचेको छ । भवनको छेउहरु भत्किएका छन् । अहिले पनि जोखिम मोलेर भत्कीएको भवनमा नै विद्यार्थीलाई राखेर पढाउनु पर्ने बाध्यता छ ।’
विद्यालयमा हाल ७७ जना विद्यार्थी अध्ययनरत छन् । “अघिल्लो शैक्षिक सत्रमा १ सय २० जना बढि विद्यार्थी भर्ना हुन्थे,” प्रधानाध्यापक बमले भन्नु भयो, “बाढीपहिरोपछि नरुली र बत्थोलीबाट आउने विद्यार्थी घटे ।” खोलामा बाटो नभएपछि दुई गाउँका विद्यार्थी आउन पाएनन् । बाटो घाटो अझै बनेको छैन् । बाटो अभावमा विद्यालयसम्म आउन पनि निकै जोखिम छ ।
बाढी पहिरोका कारण विद्यालयको खेल मैदान बचेको छैन् । तलपट्टी चट्टान लागेको कारण विद्यालय तत्तकालै भत्किने अवस्था नभए पनि खेल मैदान नहुँदा विद्यार्थीको पठनपाठनमा निकै समस्या भएको स्थानीय लोकेन्द्र बमले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘विद्यालयको वैकल्पिक व्यवस्थापन हुनु जरुरी देखिएको छ । अहिले दुई गाउँका विद्यार्थी विद्यालयमा आउन सकेका छैनन् । भवन विस्तारको लागि जमिन छैन् । विद्यालयको खेल मैदान भत्किएको छ । विद्यालय मर्ज गर्नु बाहेकको विकल्प छैन् ।’
दुहुँ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्दसिह डडालले विद्यालय स्थानान्तरण गर्दा विद्यार्थीलाई समस्या हुने भएको विद्यालय पुर्ननिर्माणका लागि स्थानीयहरुसँग जग्गादानको लागि अनुरोध गरिएको बताउनु भयो ।
उहाँले अहिलेकै विद्यालय भएको स्थानमा माथिबाट पहिरो र तलबाट पहिरो गएको कारण विद्याललय निर्माण गर्न सोही स्थानमा थप जमिन नभएकोले स्थानीयहरुले जमिन दान गरेको अवस्थामा नयाँ भवन बनाइने बताउनु भयो ।
दह आधारभूत विद्यालयमा दुई जना दरबन्दीका शिक्षक र एक जना गाउँपालिकाबाट करारका शिक्षक कार्यरत छन् ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…