विद्यालय पुनर्निर्माण नहुँदा पठन पाठनमा समस्या
भूकम्पले भत्केका विद्यालय अझै पुर्ननिमाण नहुँदा पठनपाठनमा समस्या भएको छ । चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको तीनओटा र जोखिम बस्तीमा परेका सात ओटा गरी भूकम्पका कारण भत्केका रसुवाका १२ ओटा विद्यालय भवन अझै निर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या परेको छ ।
जिल्लामा ९१ ओटा विद्यालय रहेका छन् । भूकम्प गएको ५ वर्ष बित्न लाग्दा समेत विद्यालय भवन नबन्दा असुरक्षित भवनमा जोखिममा पढ्नु परेको स्थानीयको गुनासो छ । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ । विद्यालयमा आठकक्षासम्म पढाइ हुन्छ । विद्यालयको तीनकोठे पक्की भवन छ । जसमा एउटामा कार्यालय र एउटामा पुस्तकालय सञ्चालित छ । बाँकी एउटा मात्र कक्षामा कोठामा पढाइ हुन्छ । अरु कक्षाको पढाइ जस्ताको टहरामा भइरहेको छ । यो विद्यालय तीन वर्षअघि चीन सरकारले निर्माण गर्नका लागि जिम्मा लिए पनि कुनै प्रयास भएन । गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ लिरु आधारभूत विद्यालय भवन पनि निर्माण हुन सकेको छैन ।
जस्तापाता कतिबेला हुरीले उढाउँछ भन्ने त्रासमा पढाउनु परेको गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ लिरु आधारभूत विद्यालयका प्रध्यानाध्यपक फुर्पुदोर्जे घलेले बताउनुभयो ।
‘विद्यालय निर्माण नगर्ने भए हामीले अन्यत्र पहल गर्न सहज हुन्थ्यो, प्रधानाध्यापक घलेले भन्नुभयो । चीन सरकारले निर्माण गर्ने भन्ने तर अगाडी नबढाउने गर्नाले विद्यार्थीहरुलाई समस्या भएको उहाँले बताउनुभयो ।
जग्गाको अभाव र जोखिममा परेर बस्ती विस्थापित भएका गरी सातओटा र चीन सरकारले जिम्मा लिएका तीनवटा विद्यालयको निर्माण सुरु नभएको शिक्षा विकास तथा समन्वय इकाइ रसुवाले जनाएको छ । तीनवटा विद्यालय चीन सरकारले बनाउने भनेर जिम्मेवारी लिएको थियो ।्
केही विद्यालयमा भने भवन निर्माणका लागि कुनै निकाय नै पुगेको छैन । कतिपय विद्यालयमा जग्गाको अभाव देखिन्छ । समयमै विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरूले सुरक्षित विद्यालयमा पढ्न पाएनन् । गर्मीको चर्को घाम र कठ्याङग्रिदो जाडोमा विद्यार्थीहरू सहज रुपमा पठनपाठन गर्न नपाएको अभिभावक सितार तामाङले भन्नुभयो बालबालिकाको शिक्षाको अधिकार छ, निःशुल्क शिक्षा भने पनि व्यवहारमा छैन । त्यसैले निजी विद्यालय जानुपर्ने बाध्यता छ ।
विद्यालय भवनको अभावमा घाम लाग्दा, पानी पर्दा अनि हावाहुरी चल्दा पठनपाठन पूरै अवरुद्ध हुने गरेको छ । ‘ठूलो हावाहुरी आयो भने भएको संरचना उडाएर लैजाने चिन्ता छ । कालिका गाउँपालिका –५ स्थित नीलकण्ड नमुना उच्चमाविका प्राचार्य नारायण देवकोटाले भन्नुभयो ‘न चिन सरकारले प्रक्रिया अघि बढायो न अरु दाता खोज्न पाईयो समस्या भयो ।’ उत्तरगया गापाकै नवविजयी मावि पनि चीन सरकारले निर्माण सुरु भएको छ ।
त्यस्तै कालिका गाउँपालिका–३ को मनकामना आधारभूत विद्यालय पनि भवन निर्माण नहुँदा समस्या परेको छ । कालिका गापा –१ को अनन्त स्मृति आधारभुत विद्यालय, उत्तरगया गाउँपालिका–१ को तिरू आधारभूत, कालिका आधारभूत, बालोदय आधारभूत, करूम¥याङ आधारभूत, भूमेदेवी आधारभूत र आमाछोदिङमो गाउँपालिका–५ स्थित पाजुङ आधारभूत विद्यालय भूकम्पका कारण क्षति भएपनि अझै पुनर्निर्माण नहुँदा विद्यार्थी समस्यामा परेका छन् । ती विद्यालयमा कठ्याङग्रिदो चिसोमा टिनको छानाको अस्थायी सिकाई केन्द्रमै पढन् बाध्य हुनुपरेको विद्यार्थीहरूको गुनासो छ ।
विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरू ढुक्कले पढ्न समस्या भएको तिरु प्राविका विद्यार्थी राम तामाङले गुनासो गर्नुभयो । विनाशकारी भूकम्पपछि जोखिमयुक्त बस्तीमा परेकाले यी स्थानहरूमा विद्यालय निर्माण हुन नसकेको हो । धेरै सामाजिक संस्था र जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) मा धाएपनि रकम विनियोजन नगरेको पाजुङ आधारभूत विद्यालयका प्रधानाध्यापक केदार घिमिरेले बताउनुभयो ।
‘वर्षातमा पानी परेको समय वा पुस माघको हिमपात भएपछि विद्यालय बन्द गर्नुपर्ने स्थिति आउँछ ।’ प्रधानाध्यापक घिमिरेले भन्नुभयो । अस्थायी सिकाइ केन्द्र पनि पानी चुहिने भएकोले विद्यार्थीहरूलाई पढाउन समस्या परेको उहाँले भन्नुभयो । भूगर्वविद्ले विद्यालय रहेको पूरै बस्ती जोखिममा रहेको भनेर प्रतिवेदन दिएपछि रसुवाको सात स्थानमा विद्यालय भवन निर्माण हुन नसकेको शिक्षा समन्वय एकाईका ध्रुव लामिछानेले बताउनुभयो । ‘सरकारले असुरक्षित भनेको स्थानमा विद्यालय भवन निर्माण हुन सकेन’उहाँले भन्नुभयो ।
भूकम्पका कारण पूरैगाउँ जोखिम बस्तीमा परेका कारण त्यही ठाउँमा भवन निर्माण गर्न नमिल्ने भएकाले विद्यालय बनाउन नसकिएको जिल्ला आयोजना कार्यान्वयन ईकाइ शिक्षाले जनाएको छ । भूकम्प गएको पाँच वर्षसम्म पनि विद्यार्थीहरू खुल्ला चौरमा कष्टसाथ पढ्न बाध्य भएका छन् । पाजुङ प्राविका प्रधानाध्यापक केदार घिमिरेले भन्नुभयो ‘भवन बनेन कहाँ पढाउनु समस्या छ ।’
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…