विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थीहरू टहरामुनी बसेर पढ्न बाध्य

विनाशकारी भूकम्पको कारण जिल्लमा पूर्ण क्षति पुगेका २२ विद्यालय भवन अझैपनि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरू अझै टहरामा नै बढ्न बाध्य भएका छन् ।

०७२ वैशाख १२ को भूकम्पपछि विद्यालय पुनर्निर्माणका लागि विभिन्न सङ्घसंस्थाहरूले लगानी गर्न खोजे पनि विद्यालयले पर्याप्त जग्गा व्यवस्थापन गर्न नसक्दा २२ ओटा सामूदायिक विद्यालय भवन निर्माण सुरू हुन नसकेको हो ।

विद्यालय भवन निर्माणका लागि सुरक्षित स्थानमा पर्याप्त जग्गा नभएका कारण २२ ओटा सामुदायिक विद्यालय विनाशकारी भूकम्प पछि निर्माण भएका अस्थायी सिकाइ केन्द्रमा छाप्रामै सञ्चालन भइरहेको छ ।

उत्तरी क्षेत्रमा सञ्चालनमा रहेका केही विद्यालयमा आवश्यक र सुरक्षित स्थानमा जग्गाको खोजी कार्य भइहेको सम्बन्धित विद्यालयले जनाएका छन् ।

विद्यालय भवन समयमा नबन्दा जिल्लाको कालिका गाउँपालिका–५ स्थित नीलकण्ठ नमूना मावि जिवजिवेको पनि पठन पाठनमा समस्या भएको छ । यसरी भवन बन्न नसक्दा समस्या भएको प्रधानाध्यापक नारायण देवकोटाले बताए ।

शिक्षा समन्वय एकाइ रसुवाका अनुसार भूकम्पका कारण क्षति भएका ७२ आधरभूत र १९ ओटा मावि गरी ९१ ओटा विद्यालयमा ६ सय ५९ कोठा क्षति भएकोमा आधारभूत विद्यालयका ३ सय ९६ कोठा र माध्यमिक विद्यालयका २ सय ६३ ओटा कोठा निर्माण भएको छ ।

photo2019-429 Rasuwa

२२ ओटा विद्यालयमा कार्यक्रम नै नपरेकोले समस्या भएको हो । केही विद्यालय निर्माण भए पनि कक्षा कोठा अपुग भएकोमा थप निर्माण गर्नुपर्ने देखिएको जिल्ला आयोजना कार्यन्वयन एकाई (शिक्षा) का प्रमुख सरदकुमार भण्डारीले बताए ।

शिक्षा कार्यालय अन्तर्गतको जिल्ला आयोजना कार्यन्वयन एकाईमार्फत सम्झौता भएका १९ ओटा विद्यालयमध्ये गत वर्ष आठ ओटा विद्यालय भवन बनेको आयोजनाका प्रमुख शरदकुमार भण्डारीले बताए ।

९१ ओटा विद्यालय रहेकोमा जाइका, एसिया अनलुस, एडिबीलगायत गैरसरकारी निकाबाट २४ ओटा गरी ६९ ओटा विद्यालय पुनर्निर्माण भएको र स्थानीय तहमार्फत समन्वय गरेर जग्गा खोजी गरेर बाँकी विद्यालय निर्माण हुने प्रमुख भण्डारीले भने ।


हेमनाथ खतिवडा