विद्यालय परिसर मै विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि, बस्कोटमा कक्षा ८ मा अध्ययनरत १४ वर्षिय आसुतोष साउदलाई कुटपिट गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ निवासी लटिनाथ माविमा अध्ययनरत १३ वर्षीय राजीव गरीका बुवा  हरिभक्त गिरीलाई असार १२ गते गिरफ्तार गरेको छ ।

लटिनाथ माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय आसुतोष साउद र १३ वर्षीय राजीब गिरीबिच असार ११ गते झगाडा भएको थियो ।

कक्षा ८ मा अध्ययनरत विद्यार्थीबिच खेल्ने बेलामा झगडा भएको रहेछ, विद्यालयका प्रधानाध्यापक कृष्णदेव विष्टले भन्नु भयो, तर, गिरीका बुवा हरिभक्त गिरी विद्यालयमै आएर कुटपिट गरेको जानकारी पाए । आफू असार ११ गते विद्यालयमा नभएको समयमा घटना भएको उहाँले बताउनु भयो ।

विद्यालय नजिकै गिरीको पसल छ । विद्यालयमा इन्टरबल भएको बेला विद्यार्थीबिच सामान्य झगडा भएको अन्य विद्यार्थीले जनाएका छन् । खेल्ने बेला भएको झगडामा गिरीका बुवा हरीभक्त गिरी आएर साउदमाथि विद्यालयको परिसरभित्रै कुटपिट गरेका थिए । साउँदमाथि कुटपिट भइरहेको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएको थियो ।

बालकमाथि विद्यालय परिसरमै कुटपिट भएको भन्दै पीडित बालकका अभिभावकले असार १२ गते इलाका प्रहरी कार्यालय, गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले बताउनु भयो ।

उहाँमाथि अभद्र व्यवहार गर्न नहुने अभियोग लगाएर अनुसन्धान भइरहेको छ । गिरी विरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको इन्स्पेक्टर सिंहले जानकारी दिनु भयो ।


नरेन्द्रसिह कार्की