विद्यालय डुबानमा परेपछि पठनपाठनमा समस्या
असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले सुनकोशी गाउँपालिका-५ मुलकोटमा रहेको पशुपति आधारभुत विद्यालय डुबानमा परेको छ । विद्यालय नै पुरेपछि हालसम्म विद्यालयको पठनपनठन प्रभावित भएको छ । विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि विद्यालयले पठनपाठन सुचारु गर्न नसकेको जनाएको छ ।
विद्यालयकी प्रधानाध्यापक निर्मला श्रेष्ठले भन्नु भयो-'चार कोठाको भवन छ । निर्माणाधिन आरसिसि भवन, ट्रष्ट भवन चार ओटा, शौचालय दुई ओटा भौतिक संरचना डुबानमा परेको छ । विद्यालयको सम्पुर्ण शैक्षिक तथा अन्य सामग्री समेत काम नलाग्ने अवस्था रहेकाले पठनपाठनमा समस्या भएको छ ।'
विद्यालयमा बाढी पसेपछि असोज १२ गते राति २ बजे विद्यालयको होस्टेलमा भएका आठ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी र दुई जना कर्मचारीलाई उद्धार गरेको उहाँले बताउनु भयो ।
उहाँका अनुसार विद्यालय पुनः सञ्चालनको कुरा भने अन्योलमै रहेको छ । यसैबिच दशैँविदा सुरू भएकाले दशैँपछि मात्रै थप निर्णय हुने स्थानीयले बताएका छन् ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
बर्दियामा ८९ प्रतिशत घरधुरीका उपभोक्ता खानेपानीको पहुँचभन्दा बाहिर
बर्दियामा ८९ प्रतिशत घरधुरीका उपभोक्ता सुरक्षित खानेपानीको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । खानेपानी तथा सरसफाई कार्यालय, बर्दियाको तथ्याङ्क अनुसार बर्दियामा ९४ हजार ६ सय ३० घरधुरीका उपभोक्ता सुरक्षित खानेपानीको…
नौबस्त बालसुधार गृहबाट तीन जना बालबन्दी फरार
बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहबाट तीन जना बालबन्दी ०८१ कात्तिक २६ गते फरार भएका छन् । बालसुधार गृहको 'सी' ब्लकमा राखिएका २५ जना बालबन्दी मध्ये बाँकेको…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरूको स्वास्थ्य उपचारमा समस्या !
कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको जाँच उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत एक जना स्वास्थ्यकर्मी पाँच वर्ष अगाडि अध्ययन बिदामा गएपछि अर्काे स्वास्थ्यकर्मीको व्यवस्था हुन नसक्दा कैदीबन्दीहरू नियमित स्वास्थ्य जाँच…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बारबर्दिया नगरपालिका-६ का २१ वर्षीय हरि खड्कालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक…
१६ घरधुरी परिवारमा खानेपानी अभाव हुँदा नागरिकहरूलाई समस्या
प्यूठान नगरपालिका-३, पिपलटाकुरा गाउँका १६ घरधुरी परिवार खानेपानी सुविधा नहुँदा समस्या भएको छ । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा सबै घरधुरीका नागरिकहरू बस्ती भन्दा तल रहेको थापखोलाको कुवाबाट…