विद्यालय आउजाउ गर्न तथा सामाजिक सुरक्षा भत्ता बुझ्नका जोखिमपूर्ण यात्रा
परशुराम नगरपालिकाका ज्येष्ठ नागरिकहरू ज्यान जोखिममा राखेर सामाजिक सुरक्षा भत्ता बुझ्न बाध्य भएका छन् ।
सामाजिक सुरक्षा भत्ता बुझ्नका लागी ट्युवमा खोला तर्नु बाहेक उनीहरूसँग अन्य विकल्प नभएको स्थानीयले बताए । 'न त तुईन छ । न त पुल नै छ । ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता छ ।'-परशुराम नपा-४ की शान्तिदेवी राउटेले भनिन् ।
ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन मात्रै होइन विद्यालय जानका लागि विद्यार्थीहरू पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
'संविधानमा नैसर्गिक अधिकारको रूपमा व्याख्या गरिएको अधिकार पाउनका लागि पनि ज्यान जोखिममा राखेर दैनिक नदी तर्नुपर्ने भएको छ ।'-सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी नरेन्द्र साउदले भने ।
रङ्गुन नदीमा बिस्तारै पानीको सतह बढ्न थालेको छ । वर्षाको मौसम सुरु भएपछि विद्यार्थीलाई अब कसरी विद्यालयसम्म पुग्ने भन्ने चिन्ताले सताउन थालेको छ । सिद्धनाथ माविका प्रधानाध्यापक जयराज पन्तका अनुसार वर्षाको समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।
बैंकिङ कारोबार, व्यापार, अस्पताल, नागरिकता बनाउनसमेत जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीइले गुनासो गरेका छन् ।
इलाका प्रशासन कार्यालय जोगबुढाले ट्युवमार्फत खोला नतर्न सबैलाई आग्रह गरेपनि नदी वारपार गर्नका लागि ५ घण्टा हिँड्नु पर्ने बाध्यता भएकाले नदी तर्न बाध्य भएको स्थानीय राजबहादुर बोहराले बताए ।
भुपेन्द्र विष्ट
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…