विद्यालयमा स्वच्छ खानेपानी नहुँदा विद्यार्थीलाई सास्ती
रोल्पाको लङ्ग्री गाउँपालिका–७ उडिनढुङ्गामा रहेको बालज्योती प्राथमिक विद्यालयमा स्वच्छ खानेपानीको अभाव हुँदा विद्यार्थीहरूले सास्ती खेप्नु परेको छ ।
बालुवासहितको पानीले विद्यार्थीको दैनिक दिवा खाजा पाक्ने गरेको छ । अन्यन्त्रबाट पानी बोक्न समय लाग्ने तथा स्वच्छ खानेपानीको अन्य विकल्प नभएकाले धुलो र बालुवा मिश्रित पानीले नै विद्यार्थीहरूकालागि दिवा खाजा पकाउन पर्ने विद्यालयका कार्यालय सहयोगी हेमकुमारी घर्तीले बताउनु भयो ।
विद्यालयमा कक्षा एकदेखि तीनसम्म करिब ३५ देखि ४० जना बालबालिकाहरूले अध्ययन गर्दै अएका छन् । धुलोसहितको पानी पिउनुपर्दा विभिन्न सङ्क्रमात्मक रोगको जोखिम समेत रहेको स्थानीयले बताएका छन् ।
विद्यालयमा खानेपानी मर्मतकोलागि लुङ्ग्री गाउँपालिकाले उक्त वडामा १ लाख ५० हजार रूपियाँ बजेट छुट्टाइएको र त्यहि रकमबाट खानेपानी मर्मत गर्ने निवर्तमान वडा अध्यक्ष हर्कनारायण गिरीले बताउनु भयो ।
धारामा पानी नियमित आउछ तर बालुवा र धुलो सहितको पानी आउछ, त्यहि पानी विद्यार्थी तथा शिक्षकहरूले प्रयोग गर्दै आएका छन् ।
हाल खानेपानी मर्मतकार्य भइरहेको र जेठ महिनाभित्रै काम सम्पन्न हुने प्रधानाध्यापक खिमबिक्रम पुन मगरले बताउनु भयो ।
असार मसान्त भित्र सक्नुपर्ने काम मर्मतको जिम्मा लिएको व्यक्ति अस्वस्थ भई उपचारकालागि बाहिर गएकाले काममा केही ढिलाई भएको वडा अध्यक्ष हिराबहादुर पुनको भनाई रहेको छ ।
उक्त कार्यसम्पानदको निम्ती आफूले पहल गरिरहेको वडा अध्यक्ष हिराबहादुर पुनले बताउनु भयो ।
तिलक जिएम
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…