विद्यालयमा शौचालय नहुँदा शिक्षक र विद्यार्थीलाई समस्या

  २०८१ जेठ १४

विद्यालयमा शौचालय नहुँदा शिक्षक र विद्यार्थीहरुलाई समस्यामा भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–७ स्थित कस्तुरी माध्यमिक विद्यालयमा चारमहिना देखि शौचालय नबन्दा शिक्षक र विद्यार्थीहरु समस्यामा परेका छन् ।

गत फागुनमा नयाँ शौचालय बनाउने भनेर पुरानो शौचालय भत्काए पछि चार महिना देखि  विद्यालयमा शौचालय नहुँदा समस्या भएको हो ।

शौचालयको अभाव हुँदा विद्यालयमा अध्ययनरत २ सय २५ जना विद्यार्थीहरु मात्र नभइ शिक्षक समेत खुला ठाउँमा शौचालय गर्न जानु पर्ने बाध्यता भएको  कस्तुरी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुलाल केसीले जानकारी दिनुभयो ।

शौचालय नहुँदा खुला ठाउँमा जानु पर्ने बाध्यता रहेको सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया छात्रा विश्वरुपा केसीले बताउनु भयाे। यसरी खुला ठाउँमा शौचालयको लागि टाढा जाँदा पठनपाठनमा समस्या हुने गरेको उहाँले गुनासो गर्नुभयो ।

विद्यालयमा सबै भन्दा महत्वपूर्ण भनेको शौचालय नै हो भएको शौचालय भत्काएर महिना दिन बित्दा समेत शौचालय निर्माणको काम सकिएको छैन । शौचालय नहुँदा पहाडा स्वास्थ्यचौकीको शौचालय प्रयोग गर्दै आएको कक्षा ९ मा अध्ययनरत १५ वर्षीय रामप्रसाद रोकायले बताउनु भयो

उता विद्यालयमा शौचालयको अभावको समस्यालाई मध्यनजर गर्दै शौचालयको निर्माण कार्य अन्तिम चरणमा रहेको त्रिपुरासुन्दरी नगरपालिका शिक्षा शाखा संयोजक भीम बहादुर थापाले बताउनु भयो ।अहिले विद्यालयमा पक्की भवन सहितको शौचालय निर्माण हुँदैछ, केही समस्याका कारण शौचालय निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ ।

Photo20240527Dolpa (1)

Photo20240527Dolpa (2)

Photo20240527Dolpa (3)

 


पुर्ण सार्की