विद्यालयमा शौचालयको अभाव हुँदा विद्यार्थीहरूलाई समस्या
सिमकोट गाउँपालिका–३ स्थित रलिङ माध्यमिक विद्यालय बरगाउँमा शौचालयको अभाव हुँदा विद्यार्थीहरूलाई समस्या भएको छ । विद्यालयमा शौचालयको अभाव भएसँगै सो विद्यालयका विद्यार्थी र शिक्षकलाई समस्या भएको हो ।
विगत २० वर्ष पुरानो जिर्ण अवस्थामा रहेको सौचालय भएकाले सो विद्यालयका शिक्षक विद्यार्थीहरू जोखिम मौल्दै सौच गर्न बाध्य भएको शिक्षक सुर्यमणी बोहराले जानकारी गराउनुभयो । उहाँका अनुसार विद्यालयमा थप समस्या त सेनेटरी प्याट मैत्री शौचालय समेत नहुँदा छात्रा र शिक्षिकाहरूलाई कठिनाई हुने गरेको छ । उक्त सेनेटरी प्याट मैत्री शौचालय नहुँदा विद्यार्थीले सास्ती खेप्नु परेको कक्षा १० मा आध्यायनरत गिता भण्डारीले गुनासो गर्नुभयो । सेनेटरी प्याट मैत्री शौचालय नहुँदा रजस्वला भएको समयमा विद्यालयमा आउन समेत समस्या हुने गरेको छात्रा भण्डारीको भनाइ छ ।
त्यस्तै सेनेटरी प्याड मैत्री शौचालय नहुँदा विद्यार्थीले खुला आकाश मुनि गएर सौच गर्नु पर्दा वातावरण दुर्गन्धित हुनुका साथै असर समेत पार्ने गरेको कक्षा ९ मा अध्यायनरत छात्रा विपना बोहराले गुनासो गर्नुभयो ।
हुम्ला जिल्लाका अधिकांश विद्यालयमा यो समस्या छ । तर पनि सदरमुकाम सिमकोटसँग जोडिएको वडामा रहेको उक्त विद्यालयमा केही हतसम्म समस्या हुनु नपर्ने भए पनि सो विद्यलयको अवस्था पनि अन्य विद्यालयकै जस्तो समस्या छ । विद्यालयका शिक्षक बोहराका अनुसार पुरानो दुई ओटा शौचालय भए पनि गुणस्तरीय नभएपछि हाल शिक्षक र विद्यार्थीलाई सकस भएको छ । उक्त विद्यालयमा हाल १८ जना शिक्षक, शिक्षिका र १ सय ६७ जना विद्यार्थी मध्य पाँच जना शिक्षिका र ७६ जना छात्रा लागि गणस्तरीय शौचालय नभएपछि जोखिम पूर्ण तरिकाले सौच गर्नु पर्ने बाध्य भएको शिक्षकहरूले गुनासो गरेका छन् ।
भौगोलिक हिसावले हुम्ला पिछडिए पनि सो वडाका विद्यार्थीहरू सहज रूपमा शौचालय प्रयोग गर्न नपाउनुले थप समस्या भएको छ । विद्यालयमा नयाँ शौचालय निर्माणका लागि गत वर्ष युनिसेफ र सुसा संस्थाले सर्भे गरेको भए पनि अन्तमा बजेट अभाव भएको भन्दै विद्यालयको शौचालय निर्माण हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल भण्डारीले बताउनु भयो । उहाँका अनुसार स्थानीय तह र अन्य सरोकारावाला निकायलाई धेरै पटक सौचालय निर्माणका लागि अनुरोध गर्दा समेत कसैले पनि वास्ता नगरेको हो । उक्त विद्यालयको जीर्ण अवस्थामा रहेको एउटा सौचालयमा हाल शिक्षक शिक्षिकाहरू प्रयोग गर्दै आएको र सोही सौचालयमा छात्राहरू घण्टौँ लाइनमा बसेर सौच गर्नु पर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का…
दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश…
बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर…
हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता
हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित…