विद्यालयमा शौचालयको अभावः सेनेटरी प्याड मैत्री शौचालय नहुँदा छात्रालाई कठिनाई
सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालय, डाँडाफयामा शौचालयको अभाव भएको छ । विद्यालयमा शौचालयको अभाव भएसँगै सो विद्यालयका विद्यार्थी र शिक्षकलाई समस्या भएको हो ।
विद्यालयमा थप समस्या त सेनेटरी प्याट मैत्री शौचालय नहुँदा छात्राहरूलाई कठिनाई हुने गरेको कक्षा १० मा आध्यायनरत छात्रा विस्ना सुनारले गुनासो गर्नुभयो । सेनेटरी प्याट मैत्री शौचालय नहुँदा रजस्वला भएको समयमा विद्यालयमा आउन समेत समस्या हुने गरेको छात्रा सुनारको भनाइ छ । उहाँका अनुसार सेनेटरी प्याड मैत्री शौचालय नहुँदा वातावरण दुर्गन्धित हुनुका साथै विद्यार्थीलाई असर पार्ने गरेको छ ।
हुम्ला जिल्लाका अधिकांश विद्यालयमा यो समस्या छ । तर पनि सदरमुकाम सिमकोटसँग जोडिएको वडामा रहेको उक्त विद्यालयमा केही हतसम्म समस्या हुनु नपर्ने भए पनि सो विद्यलयको अवस्था पनि अन्य विद्यालयकै जस्तो समस्या छ ।
विद्यालयका प्रधानाध्यापक मेज बहादुर बुढाका अनुसार पुरानो तीन ओटा शौचालय भए पनि गुणस्तरीय नभएपछि हाल शिक्षक र विद्यार्थीलाई सकस भएको छ । करिब ३ सय भन्दा बढी विद्यार्थी र १८ जना शिक्षक शिक्षिका रहेको विद्यालयमा पुरानो शौचालय प्रभावकारी नभएको प्रधानाध्यापक बुढाको भनाइ छ ।
सो विद्यालयमा हाल १ सय ८० जना छात्रा र पाँच जना शिक्षिका रहेका छन् । तर उनीहरू गुणस्तरीय सबैलाई शौचालयको व्यवस्था नहुँदा निकै कठिनाई हुने गरेको प्रधानाध्यापक बुढाले जानकारी दिनुभयो । भौगोलिक हिसावले हुम्ला पिछडिए पनि सो वडाका विद्यार्थीहरू सहज रूपमा शौचालय प्रयोग गर्न नपाउनुले थप समस्या भएको छ ।
विद्यालयका लागि नयाँ शौचालय निर्माण गर्न पनि नसकिने र विद्यालयलाई प्रयाप्त स्रोत नभएका कारण पुरानो शौचालय नै प्रयोग गर्न बाध्य भएको प्रधानाध्यापक बुढाले गुनासो गर्नुभएको हो । उहाँले सेनेटरी प्याडमैत्री शौचालय निर्माणका लागि विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूलाई गुहार्दै आए पनि हालसम्म व्यवस्थापन हुन नसकेको बताउनु भयो । विद्यालयमा शौचालयको प्रयाप्त व्यवस्थापन नहुँदा कहिलेकाहीँ खुल्ला आकास मुनि पनि शौचालय गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक बुढाको भनाइ छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का…
दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश…
बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर…
हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता
हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित…