विद्यालयमा शिक्षकको अभाव हुँदा विद्यार्थीहरू सडकमा
विदुर नगरपालिका-२ बट्टारस्थित भीमसेन माध्यामिक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा शिक्षकको माग गर्दै ०७९ फागुन ३ गते बट्टारमा पासाङल्हामु सडक अवरुद्ध गरेका छन् ।
विद्यार्थीहरूले दुई घण्टा सडक अवरोध गरेपछि विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठले एक साताभित्र शिक्षक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
मेयर श्रेष्ठले शिक्षक व्यवस्थापन गर्ने बताएपछि विद्यार्थीहरू सडकबाट विद्यालयमा फर्किएको विद्यालयको प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
विद्यालयका माविमा एक विज्ञान शिक्षक र प्राविमा तीन गरी चार जना शिक्षकको दरबन्दी दुई महिनादेखि खाली हुँदा पठनपाठन हुन सकेको छैन ।
वार्षिक परीक्षा सुरु हुने समयसम्म पनि विद्यालय प्रशासनले आफ्ना माग नसुनेपछि सडकमा जानु परेको कक्षा आठमा अघ्ययनरत छात्रा सरिता तामाङले बताउनु भयो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…