विद्यालयमा लगाइएको ताला खोल्ने विषयमा विवाद, प्रहरी र विद्यार्थीबिच झडप हुँदा सात जना घाइते
हरिपुर्वा नपा–५ स्थित श्री केश्वर गरिव जनता माविमा सिभिल प्राविधिक कक्षातर्फ अध्ययनरत केही विद्यार्थीले सात दिनदेखि शिक्षकको पदमा पवन रायलाई नियुक्तिको माग राख्दै गरेको तालाबन्दी खोलाउन वैशाख ७ गते गएका विद्यार्थीहरूमाथि प्रहरीले लाठी चार्ज गर्दा प्रहरी र विद्यार्थी गरी सात जना घाइते भएका छन् ।
घाइते हुने विद्यार्थीहरूमा हरिपुर्वा नपा–८ का १६ वर्षीय जयकुमार राय, १८ वर्षीय रामशङ्कर कुमार राय यादव, हरिपुर्वा नपा–७ का सिकिन्द्रकुमार साह, १७ वर्षीय नथुनी साह, हरिपुर्वा नपा–५ का १६ वर्षीय राम विश्वास कुमार झा छन् भने प्रहरी जवान २६ वर्षीय राजेन्द्र कुशवाहा र २८ वर्षीय दिपेन्द्र आचार्य रहेका छन् । घाइते सबैको टाउको र हातमा चोट लागेका छ ।
घाइते भएका सातै जनालाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवामा लगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिनु भयो ।
विद्यायलयमा पठनपाठन पूर्ण रूपमा बन्द रहेको बेला केही विद्यार्थीले तालाबन्दी खोलाउन जुलुस नारा सहित हरिपुर्वा नगरपालिकामा पुगेको बेला प्रहरीले लाठी चार्ज गरेर घाइते बनाएको हरिपुर्वा नपा–८ का १७ वर्षीय विद्यार्थी ललित मण्डलले बताउनु भयो ।
प्रहरिले हस्तक्षेप गरेपछि आक्रोशित विद्यार्थीले हरिपुर्वा नगरपालिका भित्र रहेका सोफा, कुर्सी, कम्प्युटर र प्रिन्टर तोडफोड गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिन लाठी चार्ज गरेपछि विद्यार्थी र प्रहरीबिच ढुङ्गामुढा हुँदा दुई जना प्रहरी र पाँच जना विद्यार्थी घाइते भएका हुन् ।
हरिपुर्वा नगरपालिकाको कार्यालयमा भएको तोडफोडमा ५ लाख रुपियाँ भन्दा बढीको समानहरूमा क्षति भएको हरिपुर्वा नगरपालिकाका प्रमुख सियाराम रायले जानकारी दिनु भयो ।
लाठी चार्ज गरेको आरोपमा प्रहरी जवान २६ वर्षीय विनयकुमार यादवलाई कारवाही गर्न र विद्यालयलाई राजनीतिक क्षेत्र मुक्त गर्न माग राख्दै विद्यार्थीहरूले एक घण्टा मुल सडक जाम गरेको हरिपुर्वा नपा–५ का स्थानीय वीरेन्द्र यादवले बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…