विद्यालयमा बालमैत्री सङ्चना नबन्दा बालबालिकालाई सास्ती

  ०७९ फागुन ३० गते

विद्यलायमा बालमैत्री सङ्चना नबन्दा बालबालिहरूले सास्ती झेल्नु परेको छ ।

रोल्पा जिल्लाको अति दुर्गम मानिने सुनछहरी गाउँपालिका –२ झेलगुङमा रहेको जनआवाज आधारभुत विद्यालयमा कक्षा एक देखि पाँचसम्मका बालबालिका अध्ययन गर्दै आइरहेका छन् । विद्यालयमा १ सय २३ जना बालबालिका अध्यनरत छन् ।

विद्यालय भवन बालमैत्री नभएपछि विद्यार्थीले जोखिम मोलेर कक्षा कोठामा प्रवेश गर्नुपर्छ । विद्यालयको आगनमै अग्लो ढिक भएकाले आफ्ना साना नानीबाबुहरू कक्षाभित्र प्रवेश गर्दा वा बाहीरिदा ढिकबाट लड्छनकी भन्ने डर बोकेर विद्यालय पठाँउन परेको स्थानीय पुर्णकला बिकले बताउनु भयो ।

हिउदको समयमा जसोतसो चलेता पनि बर्खा यामको समयमा हिलो र चिप्लोका कारण विद्यार्थी तथा शिक्षकहरूलाई कक्षा भित्र प्रवेश गर्न थप सकस हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनपति विकले बताउनु भयो ।

बालमैत्री विद्यालय निर्माण गर्न समय समयमा पहल भएपनि स्थानीय, प्रदेश र संघीय सरकारले चासो नदेखाएको उहाँको गुनासो छ ।

विद्यालयमा शौचालय तथा खानेपानीको सुविधा छ तर बालकालिकाले सजिलै प्रयोग गर्नसक्ने अवस्था छैन । विद्यालयका सङ्रचना निर्माण गर्दा बालमैत्री नबनाइएका कारण बालकालिकाले भने सास्ती भोग्नु परेको छ ।

विद्यालयको खेलमैदान बनाउदा स्काभेटरले खन्ने क्रममा अग्लो ढिक बनेको र जसले बालकालिकाहरु खेल्न तथा हिडडुल गर्न कठिन भएको र साना बालकालिकाहरु खेल्दा अग्लो ढिकबाट लडेर हात खुत्तामा चोट लाग्ने जस्ता समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक जगेन्द्र बुढामगरले बताउनु भयो ।

बनेका सङ्चनाहरू बालमैत्री नहुँदा बालबालिकाको सिकाइ उपलब्धिमासमेत प्रभाव परेको र यस विषयमा स्थानीय सरकारले चासो नदेखाएको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गणेशकुमार विकले बताउनु भयो ।


तिलक घर्ती मगर