विद्यालयमा जातीय विभेद गरेको आरोप
चामुण्डाको हिमालय आधारभूत विद्यालय तीजडाँडामा विद्यालयमा दलितले पकाएको दिवा खाजा खाँदैनौँ भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । 'दलितले पकाएको खाए दाँत र्झछन्' भनी घरमा अभिभावकले भनेका कारण ती बालबालिकाले खाजा खान मानेका छैनन् ।
माघ २५ गते दिउँसो १२ बजे खाजा पकाउने तयारी गर्न लाग्दा ६ र ७ कक्षाका गैरदलित बालबालिकाले दलितले पकाएको खाँदैनौं भन्दै भान्सा कोठामा एक्कासी ताला लगाएको खाजा पकाउने सहयोगी निर्मला नेपालीले बताइन् ।
विद्यालय व्यवस्थापनको निर्णयबाट २ महिना अघि प्रति महिना २ हजार रुपियाँ पाउने गरी नियुक्त गरिएकी निर्मलाले दिवा खाजा पकाउन सुरु गरेदेखि तल्लो जातिले पकाएको खाँदैनौं भन्दै ६ र ७ कक्षाका गैरदलित बालबालिकाले खाजा खाएका थिएनन् ।
विद्यालयका कार्यालय सहयोगी दण्डपाणी रिजालले बालबालिकाको लागि दिवा खाजा पकाउन सक्दिन भनेपछि विद्यालयको आन्तरिक श्रोतबाट व्यहोर्ने गरी विद्यालय व्यवस्थापनको निर्णयबाट निर्मलालाई नियुक्त गरिएको थियो ।
'केही बालबालिकाले पहिलेदेखि नै खाँदैन्थे आज म प्रधानाध्यापक बैठकमा चामुण्डा श्रोत केन्द्रमा गएको मौकामा ताला लगाएछन्' विद्यालयका प्रधानाध्यापक पूर्ण कँडेलले भने ।
बालबालिकालाई नै उक्साएर शिक्षकहरूले विद्यालयमै विभेद गराएको भन्ने स्थानीय दलित अगुवाको आरोप छ । यस विषयमा ध्यानाकर्षण गराउँदा प्रधानाध्यापक कँडेलले टिप्पणी गरे 'घरपरिवारको शिक्षाका कारण बालबालिकाले त्यति कट्टरता देखाएका हुनसक्छन् ।'
दिवा खाजाले विद्यालयमा विभेद सिकाएको जनगुनासो बारे शिक्षाका लागि खाद्य कार्यक्रम इकाई दैलेखका निमित्त कार्यालय प्रमुख उमेश शर्माले आफूहरूलाई पनि यसबारे जानकारी आएको र समस्या समाधानका लागि पहल गरिएको बताए ।
उब्जाउका हिसाबले खाद्यन्नको बढी समस्या भएका दैलेखमा २ सय ८६ वटा आधारभूत विद्यालयमा दिवा खाजा दिँदै आएको छ । विश्व खाद्य कार्यक्रम सहयोगमा हाल ११ जिल्लामा सञ्चालित दिवा खाजा दिइँदै आएको छ ।
दिवा खाजामा प्रति विद्यार्थीलाई हरेक दिन ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल र २ ग्राम नुन पुग्ने गरी वितरण गरिँदै आएको कार्यक्रममा यो वर्ष दैलेखमा २३ हजार ७ सय बालबालिकालाई दिवा खाजा पुर्याउने लक्ष्य छ ।
अमर सुनार
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…