विद्यालयमा छुवाछुत कायामै, दलित विद्यार्थी पठनपाठनबाट वञ्चित
सिमकोट गाउँपालिका–२ स्थित रामदेव माविमा छुवाछुत कायमै भएपछि दलित विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको छ । विद्यालयमा दलित जातीका बालबालिका पठनपाठन गर्न जाँदा ‘अन्य जात’का विद्यार्थीहरूले नजिक समेत बस्न नदिएपछि २५ जना दलित बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् ।
दलित र अन्य जातका विद्यार्थीहरूसँगै बसेर खाजा त के पानी पनि सँगै पीउन नमान्दा दलित विद्यार्थी हिनताबोधले विद्यालय छोड्ने क्रम बढेको हो ।
घरबाट करिब १५ मिनेट टाढाको विद्यालयमा विद्यार्थीहरूले खाजा बोकेर विद्यालयमा नै लगेर खाने गरेको तर अन्य जातिका विद्यार्थीले दलितले छोएको खाजा नखाने गरेको सो विद्यालयका कक्षा आठमा अध्ययनरत छात्रा शान्ति परियारले गुनासो गरिन् ।
उनले भनिन्–‘खाजा खाने समयमा छुट्टै बसेर खानु पर्ने अवस्था अन्य जातिका विद्यार्थीले सृजना गर्ने गरेको हुँदा आफ्नो मनोस्थिति कमजोर र विद्यालय छोड्नु पर्ने भयो । अन्य जातिका विद्यार्थीबाट यस्तो व्यवहार भएपछि विद्यालयमा जान पनि हिनताबोध हुने र जसको कारण विद्यार्थीले विद्यालय जानै छोडेको उनले आरोप समेत लगाइन् ।
यसरी छुवाछुत भएको कारण दलित विद्यार्थीहरूको विद्यालयमा उपस्थिति दैनिक रूपमा घट्दो क्रममा रहेको विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेले बताए । उनले भने–‘विद्यार्थीलाई सहज होस भनेर शिक्षकहरूले दलितसँगै बसेर खाजा खाने गरे पनि अन्य जातिका विद्यार्थी दलितले छोएको खाजा खान नमानेको बताए ।
यो समस्या ठेहे गाउँको मात्र नभई अन्य विद्यालयमा सिमकोट गाउँपालिकाकै सैपाल हिमाल मावि स्याँडाका ११ जना विद्यार्थी, कान्ती निमावि खोलसीका आठ जना, कैलाश मावि डाँडाफयाका १७ जना र रामदेव माविका २५ जना गरी ६१ जना विद्यार्थी पठनपाठनबाट वञ्चित भएको सैपाल हिमाल मावि स्याँडाका प्रधानाध्यापक देविसिंह बुढाले बताए ।
कैलाश माविका प्रधानाध्यापक मेजबहादुर बुढाले भने अबका केही दिनमा सबै विद्यार्थीहरूलाई सँगै बसालेर नास्ता पानी खानका लागि प्रयास गर्ने जनाए । नपालमा जातीय विभेद अन्त्य गरेको भए पनि हुम्लामा यस्तो समस्या रहँदा आफूलाई असहज भएको उनको प्रतिक्रिया छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…