विद्यालयमा खानेपानीको अभाव हुँदा पठनपाठन प्रभावित
घोडाघोेडी नगरपालिका—४ रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा खानेपानकिो अभाव भएपछि विद्यार्थीहरु समस्यामा परेका छन् । कैलाली जिल्लामा गर्मी बढेपछि विद्यालयमा भएको खानेपानीको धारा सुकेर विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीहरुको पठनपाठन समेत प्रभावित भएको छ ।
बाल विकासदेखि कक्षा १० सम्म पढाई हुने उक्त विद्यालयमा खानेपानीको धारा र नल्कामा समेत पानी सुकेर खानेपानीको अभाव भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर सिंहले बताउनु भयो ।
उहाँले भन्नु भयो— ‘केही दिनयता गर्मी बढेपछि धारा र नल्कामा पानी आउन छोडेको छ। शिक्षकशिक्षिका शिक्षक र विद्यार्थीहरुलाई खानेपानीको समस्या भएकाले छ । केही विद्यार्थीहरु घरबाटै पानीको बोतल बोकेर आउने गरेका छन् । तर, केही विद्यार्थीहरु २ सय मिटर टाँढा गाउँमा पानी लिन जाँदा पठनपाठन समेत प्रभावित हुने गरेको छ ।’
विद्यालयमा पानीको धारा सुकेपछि खानेपानी र शौचालय जान समेत समस्या हुुने गरेको विद्यार्थी कल्पनाा बुढाले गुनोसो गर्नु भयो । महिनावारी भएको बेलामा छात्राहरुलाई झन् समस्या हुने गरेको उहाँले बताउनु भयो ।
राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक नवलबहादुर रावतले विद्यालय परिसरमा गाडिएका नल्कामा केही दिनयता गर्मी बढेपछि नल्का सुकेर पानी आउन छोडेकाले शिक्षक र विद्यार्थीले खानेपानीको समस्या भोग्नुपरेको बताउनु भयो ।
उहाँले भन्नु भयो—‘विद्यालयमा खानेपानीको अभाव भएपछि विद्याथीहरु विद्यालय आउन छोडेका छन् । विद्यालयमा पानीको समस्या छ भनेर सम्बन्धीत निकायमा जानकारी गरेको भए पनि अझैसम्म केही पहल हुन सकेको छैन । ४५ डिग्री गर्मीमा पानीको अभाव भएपछि विद्यालय बन्द गर्नु पर्ने अवस्था छ ।’
५ सय २० जना विद्यार्थी अध्ययनरत यस विद्यालयको खानेपानी समस्या समाधानका लागि सम्बन्धीत पक्षले कुनै चासो नदिएको समेत प्रधानध्यापक रावतको भनाइ छ ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…