विद्यालय भवन पुनर्निर्माण नहुँदा बालबालिका भुइमा बसेर पढन बाध्य
के आइ सिह गाउँपालिका–५ को दुर्गा प्राथमिक विद्यालयको भवन पुनर्निर्माण नहुँदा बालबालिकाहरु भुइमा बसेर पढन बाध्य भएका छन ।
गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अबिरल वर्षाका कारण आएको बाढीले दुर्गा प्राथमिक विद्यालयमा रहेका फर्निचर, खेलकुद सामाग्री, पिफम, कागज–पत्रलगायत भौतिक सामाग्रीहरुमा क्षति पुगेको ६ महिना बितिसक्दा समेत विद्यालय भवन पुनर्निर्माण तथा व्यवस्थापन हुन नसकेपछि बालबालिकाहरु भुइमा बसेर पढन बाध्य भएका हुन ।
विद्यालय व्यवस्थापन गर्न सरोकारवालाहरुले ध्यान नदिदा दुर्गा प्राथमिक विद्यालयमा कक्षा एकदेखि तीन कक्षासम्म अध्ययनरत १ सय ३६ बालबालिकाहरु भुइमा बसेर पढनु पर्ने बाध्यता रहेको स्थानीय अभिभावक करीसिंह बिकले बताउनु भयो ।
उहाँले तीन तहका सरकार हुँदा समेत विद्यालयमा आवश्यक रहेका बेन्च, डेस्क र पिफम समेत सरकारले उपलब्ध गराउन नसक्दा बालबालिकाहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भयो ।
विद्यालयको आर्थिक अवस्था कमजोर रहेको कारण विद्यालयकै स्रोतबाट आवश्यक समाग्रीको व्यवस्थापन गर्न नसकिएको कारण विद्यालयमा अध्ययनरत बालबलिकाहरुलाई भुइमा राखेर पढाउनु पर्ने बाध्यता रहेको दुर्गा प्राथमिक विद्यालयका निमित्त प्र्रधानध्यापक खेम बिकले बताउनु भयो ।
समस्या समाधानका लागि स्थानीय सरकारसँग पटक–पटक समन्वय गरी आग्रह गरिएको भएपनि अहिलेसम्म सुनवाइ हुन नसकेको उहाँले बताउनु भयो ।
के आइ सिह गाउँपालिका–५ का अध्यक्ष रामचन्द्र राणाले विद्यालयबाट पटक–पटक यो विषयमा गुनासो आइरहेको भएपनि समस्या समाधानका लागि आफूले गाउँकार्यपालिकाको गाउँपरीषदमा यो विषयलाई पहिलो प्राथमिकतामा राखेर पहल गरिरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘चार कोठे भवनको पुनर्निर्माण गर्न आवश्यक छ । यसका लागि पहल गर्दै आएको छु । आशा छ नयाँ शैक्षिक शत्रदेखि भवन निर्माणको कार्य सुरु हुन्छ ।’
के आइ सिह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रवहादुर शाहीले विद्यालय व्यवस्थापन गर्ने विषयमा आफू संवेदनशिल रहेको र विद्यालयको भौतिक संरचना निर्माणलगायत आवश्यक शैक्षिक सामाग्री चाडो भन्दा चाडो उपलब्ध गराउने बताउनु भयो ।
नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारा, खेलकुद तथा मनोरञ्जन तथा सर्वाङ्गिण व्यक्तित्व विकासको सुनिश्चितता गरिएको भएपनि के आइ सिह गाउँपालिका–५ का दुर्गा प्राथमिक विद्यालयमा अध्ययरत बालबलिकाहरु भुइमा नै बसेर पढन बाध्य छन् ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयकमा संशोधन गर्न द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…