विद्यालयको जग्गा काटेर वडा कार्यालय भवन निर्माण

  ०८० चैत २१ गते

देवघाट गाउँपालिका– ५ स्थित चक्रवर्ती आधारभुत विद्यालयको स्वामित्वको जग्गा काटेर वडा नम्बर ५ को कार्यालय भवन निर्माण गरिएको छ ।

यस अघि वडा कार्यालय रहेको स्थानमा आधारभुत स्वास्थ्य चौकी निर्माण भएपछि विस्थापित भएको वडा कार्यालय केही महिना सोही विद्यालयको एउटा कोठाबाट सञ्चालन हुँदै आएको थियो ।

देवघाट गाउँपालिकाको अघिल्लो कार्यकालको कार्यपालिकाको बैठकले वडा कार्यालय चक्रवर्ती आधारभुत विद्यालय परिसरमा निर्माण गर्ने निर्णय गरेर २०७९ भदौ ६ गते निर्माण कम्पनी खनिज मल्टी कन्ट्रक्सन प्रा.लि भक्तपुरसँग ९४ लाख ९ हजार ४ सय ६४ रुपियाँमा सम्झौता गरेको थियो ।

विद्यालयकी प्रधानाध्यापक गिता रानाभाटले विद्यालयलाई नै जग्गा अपुग भइरहेको अवस्थामा आफुसँग कुनै परामर्श नै नगरी विद्यालयको जग्गामा वडा कार्यालयको भवन शिलान्यास गरिएको बताउनु भयो ।

पछि आफुहरुले आपत्ति जनाएपछि शिलान्यास गरिएको स्थानभन्दा केही तल सारेर वडा कार्यालयको भवन निर्माण गरिएको भन्दै उहाँले अझैपनि विद्यालयलाई जग्गा तथा खेल मैदान अपुग भएको उहाँले बताउनु भयो । उक्त विद्यालयमा अध्ययन गर्ने ४९ जना विद्यार्थीहरु अध्ययनरत जसमध्ये अधिकांश बोटे समुदायका बालबालिका रहेको उहाँले बताउनु भयो ।

देवघाट गाउँपालिका– ५ का वडा अध्यक्ष पुर्णबहादुर कुँवरले आफुहरु निर्वाचित भएर आउनु अघि नै वडा कार्यालय भवनको ठेक्का लगाई शिलान्यास समेत भइसकेको बताउनु भयो । शिलान्यास भएको भवनलाई आफ्नो कार्यकालयमा पुर्णता दिइएको उहाँले बताउनु भयो ।

school ma woda bhawan1 080-12-21 tanahun

school ma woda bhawan 2 080-12-21 tanahun


प्रकाशचन्द्र भट्टराई