विद्यालयको छाना हावाले उडाउँदा विद्यार्थीलाई समस्या

  ०७७ फागुन २९ गते

छायाँनाथ रारा नगरपालिका –६ लिउडीको मष्टा आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरूलाइ समस्या भएको छ ।

०७७ फागुन १८ गते चलेको हावाहुरीले विद्यालय भवनको छाना उडाएको तथा भवनको पर्खाल समेत क्षति हुँदा विद्यार्थीहरूको दैनिक पठन पाठनमा समस्या भएको हो । ‘विद्यालयको छाना हावाले उडाएको छ । पर्खाल समेत भत्केका छन’ प्रधानध्यायापक तुल बहादुर कार्कीले भन्नुभयो ।

फागुन १९ गते देखि खुल्ला चौरमा बसेर पढ्नु परेको, दिन भर चल्ने हावाका कारण किताब कापी समेत हावाले उडाई दिँदा पढाइमा बाधा भएको कक्षा ३ मा अध्यनरत रामकृष्णा सेजुवालले बताउनु भयो ।  सोही विद्यालय कक्षा ३ मै अध्यन गर्ने पार्बली बमले फागुन १९ गते देखि विद्यालयको छाना उडाएकै कारण हाल पढाई हुन नसकेको बताउनु भयो ।

पाँच कक्षासम्म पढाई हुने यो विद्यालयमा २२ जना विद्यार्थिहरू छन । भवनको छाना र पर्खाल निमार्णका लागि पहल गरिदिन वडा कार्यालय र नगरपालिकामा लिखित जानकारी गराएको भएपनि हाल सम्म कुनै निकायबाट पहल नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सेजुवालको भनाई छ ।

भवन निमार्णका लागि वडा कार्यालयमा बजेट नभएकाले नगरपालिकालाई अनुरोध गरिएको छायाँनाथ रारा नगरपालिका –६ का वडा अध्यक्ष हर्क ऐडिले  जानकारी दिनुभयो ।

20210313 mugu


जिवन सेजुवाल