विद्यालयको गेट बाहिर बालकमृत अवस्थामा भेटिए

  ०७९ मंसिर १ गते

अदानचुली गाउँपालिका– ३ का १५ वर्षीय बालक प्रशान्त थापा विद्यालयको गेट बाहिर ०७९ कात्तिक २९ गते मृत अवस्थामा भेटिएका छन ।

विद्यालय गएका बालक बिहान १० वजेको समयमा सूर्योदय माध्यमिक विद्यालयको गेट बाहिर मृतअवस्थामा फेला परेका हुन्।

सूर्योदय माध्यमिक विद्यालयको कक्षा नौ मा अध्ययनरत थापा विद्यालयको गेटबाहिर मृत अवस्थामा भेटिएको गल्फागाड प्रहरी चौकी सईच क्रबहादुर बुढाले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार बालकको शरीरमा चोटपटक देखिएको छैन । घर परिवारले मृतकको पोष्टमार्टम गर्नु पर्दैन र कोही कसैलाई शंका छैन भनेपछि मृतकको शव परिवारलाई बुझाइएको सई बुढाले बताउनु भयो ।


नन्द सिंह