विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द
सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालय तुम्च र जैरका विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द गरिएको छ ।
शिशुदेखि ८ कक्षासम्म अध्यापन गराइने उक्त विद्यालयमा जम्मा १ सय ५० विद्यार्थी रहेकोमा विद्यार्थीमा प्रत्येक दिन ज्वरो आउने, बान्ता हुने, टाउको दुख्ने, छाती दुख्ने, सास फेर्न गाहे हुने, एक्कासी ढल्ने, रुने कराउने जस्ता लक्षण देखा परेपछि विद्यालय व्यवस्थापन समितिको आपतकालिन बैठकले भदौ २५ गतेसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रद्यानाध्यापक कालीबहादुर रावतले जानकारी दिनु भयो ।
प्रद्यानाध्यापक रावतका अनुसार यस अघि कुनै लक्षण नदेखिएको भएपनि भदौ १५ गतेदेखि विभिन्न लक्षणका समस्या देखिएपछि विद्यालय बन्द गर्नुपर्ने बाध्यता भएको हो । विद्यालयमा सोही बिरामीका लक्षण देखापर्न थाल्नुका साथै एक दिनमा करिब तीन जना बिरामी भई ढल्न थालेपछि विद्यालयमा आपतकालिन बैठक बसि विद्यालय बन्द गरिएको प्रद्यानाध्यापक रावतले बताउनु भयो ।
विद्यालयमा बिरामी भएका विद्यार्थीबाट अन्य विद्यार्थीसहितका घर परिवारलाई उक्त रोग फैलनबाट जोगाउनका लागि विद्यालय बन्द गरिएको विद्यालयले बताएको छ । उक्त विद्यालयबाट गाउँपालिकाको स्वास्थ्य शाखा जान पैदल ५ देखि ६ घण्टासम्म लाग्दछ । हाल बिरामी परेका विद्यार्थीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको प्रद्यानाध्यापक रावतले बताउनु भयो ।
विद्यार्थीहरू बिरामी हुन थालेपछि विद्यालय बन्द भएको विषयमा आफुलाई कुनै जानकारी नआएको र रोग नियन्त्रणमा लिन आजैदेखि गाउँपालिकाले पहल गर्ने सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले आश्वासन दिनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…