विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार
सिरहा नगरपालिका–१२ का १६ वर्षीय समिर राइनलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय जय नारायण मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाले भदौ ३१ गते गिरफ्तार गरेको छ ।
सिरहा नगरपालिका–१२ स्थित सारस्वरनाथ माध्यमिक विद्यालयमा कक्षा नाै मा अध्यनरत समिरलाई भदौ २६ गते सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी जयनारायणले विद्यालयका प्रधानाध्यापक जयचन्द्र यादवले बोलाउँदैछ भनी स्टोररुममा लगि प्रधानाध्यापक जयचन्द्र यादव, लेखापाल जितेन्द्र यादव र कार्यालय सहयोगीले लठ्ठि, बाँसको भाटा, पाइप र लात्ती तथा मुक्काले निर्घात कुटपिट गरी कोठामा बन्द गरी विद्यालय बन्द भए पछि बाहिर गेटमा लगेर छोडेको समिरका बुबा मो. अक्बर मियाँले बताउनु भयो । विद्यालयका पूर्व प्रधानाध्यापक सनुला सरको सरुवाको विषय र विद्यालयको अधिकार क्षेत्र भित्र रहेको बजारको ठेक्काको विषयमा समिर लगायत अन्य विद्यार्थीहरूले विरोध गरेको विषयलाई लिएर समिरलाई कुटपिट गरेको आरोपमा आरोपितहरू विरुद्ध भदौ २९ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको अक्बरले बताउनु भयो । कुटपिटबाट घाइते भएका समिरको उपचार प्रादेशिक अस्पताल सिरहामा भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रबिन्द्रराज पाण्डेका अनुसार बालबालिका कसुर सम्बन्धमा भदौ २९ गते आएको उजुरीलाई असोज १ गते दर्ता गरी गिरफ्तार भएका जयनारायणलाई कारबाहीको लागि म्याद थप गराएको बताउनु भयो । अन्यको हकमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…