विद्यार्थी कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७५ असोज ५ गते

प्रधानाध्यापक श्रेष्ठको कुटाइका कारण सार्कीको देब्रे कानबाट रगत बगेको थियो । कुटपिटबाट घाइते भएका सार्कीको उपचार चितवन जिल्लाको भरतपुर अस्पतालमा गरिरहेको छ ।

बुलिङ्गटार गाँउपालिका–६ अत्रौलीको शिव माध्यामिक विद्यालय कक्षा १० मा अध्यायनरत १७ वर्षीय खुमन सार्कीलाई कुटपिट गरेको आरोपमा सोही विद्प्रयालयका धानाध्यापक ओमकुमार श्रेष्ठविरूद्ध इन्सेकको सहयोगमा पीडित पक्षले असोज ५ गते प्रहरीमा उजुरी गरेको छ ।

पीडत बालकका बावु बिरबहादुर सार्कीले इन्सेकमा सहयोग माग्दै निवेदन दिएपछि इन्सेककर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा न्यायको माग गर्दै उजुरी दिइएको हो ।

प्रार्थनाको समयमा ढिलो आएको भन्दै प्रधानाध्यापक श्रेष्ठले असोज २ गते खुमन सार्कीलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ ।


तीर्थराज डुम्रे