विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग

  ०८१ माघ २३ गते

लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ ।

लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ अधिवेशनको सातौँ बैठकमा बोल्दै विद्यार्थीमाथि कुटपिट, दुर्व्यवहार गर्ने शिक्षकलाई मेरो तेरो भन्ने नाममा संरक्षण नगर्न सदनमार्फत सरकारलाई आग्रह गर्नुभएको हो । उहाँले शिक्षकलाई कुनै पनि बहानामा विद्यार्थी बालबालिकाको जीवनमाथि खेलवाड गर्ने अधिकार नभएको बताउनु भयो । नयाँ कुरा सिक्न र पढ्न अभिभावकले विद्यालयलाई सुम्पेका विद्यार्थीमाथि भएको ज्यादतिलाई सामान्य रुपले हेर्न नहुने बताउनु भयो ।

प्रतापपुर गाउँपालिका-१ स्थित ०८१ मङ्सिर १८ गते एच पाठशालामा कक्षा यु केजिमा अध्ययनरत विद्यार्थी ६ वर्षीय प्रशान्त चौधरीको शिक्षक सन्जु चौधरीको कुटपिटबाट आखा गम्भीर चोट लागेको थियो । चोटकै कारण आखाको दृस्टिमा समस्य आयको छ । यसअघि प्रदेशसभा सदस्य भगवती घिमिरेले पनि प्रदेशसभा पाँचौ बैठकमा यस्तो गम्भीर प्रकृतिको घटनामा पीडकलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । विद्यालयले गल्ती स्वीकार गर्दा पनि शक्तिको आडमा यस्ता कमजोरी लुकाइएको भन्दै उहाँले पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो – ‘शिक्षकको कुटपिटबाट विद्यार्थीको आँखा नै गुम्यो । पीडिकलाई कारवाहीको साटो जोगाउन खोजिएको पीडितको गुनासो छ, सरकारको ध्यानाकर्षण हो ।’

पीडित पक्षले ०८१ पुस १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका थिए । तर आरोपित फरार रहेकाले हालसम्म गिरफ्तार नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।


जयनारायण पुन