विद्यार्थी अनुपातमा कक्षा कोठा नहुदाँ बालबालिकाको पठन पाठनमा समस्या
सिस्ने गाउँपालिका–३ को जनता मावि पोखरामा कक्षा कोठा अभाव हुदाँ बालबालिहरू पठन पाठनमा समस्या झेल्दै आएका छन् ।
शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी तथा गुणस्तर शिक्षा दिन उपयुक्त भौतिक व्यवस्थापन र आन्तरिक प्रशासनिक क्रियाकलाप आवश्यक हुन्छ । सहीढङ्गले कक्षाकोठा व्यवस्थापन भएको अवस्थामा मात्र सिकाइ सहजीकरण प्रकृयालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ ।
उक्त विद्यालयमा प्राविधिक तर्फको तीन वर्षे सिभिल ओभरसियर पढाइ र बालविकास कक्षा देखि १२ कक्षा सम्म पठन पाठन हुँदै आएकोमा ८ सय ५० विद्यार्थी रहेका छन् । पाँच वटा कच्ची भवन, एक निर्माणाधीन पक्की र एक कार्यालय भएको भवन गरी सात वटा भवन रहेको छ । कच्ची जीर्ण भवन मा ११ कोठा, कार्यालय भएको भवन आठ कोठे र निर्माणाधीन अवस्थाको तल्लो तल्लामा चार कोठा गरी जम्मा २३ कोठा विद्यालयले प्रयोग गर्दैआएको छ ।
२३ कोठा मध्येमा १६ वटा कोठामा कक्षागत पढाइ भइरहेका छ । भने सात कोठामा कार्यालय प्रयोजन, फर्निचर तथा विद्यालय सामाग्री राखिएको छ । कक्षा ६ देखि माथिका कक्षामा एउटै कक्षामा ७० देखि १ सय ३८ जना सम्मका विद्यार्थी संख्या रहेको विद्यालयले जनाएको छ ।
पुराना भवन साना कोठा पानी समेत चुहिने गरेको छ । कक्षा नौ मा १ सय ३८ जना विद्यार्थी रहेका छन् । ‘विद्यार्थी संख्या अनुसारको ठूलो कक्षा कोठा छैनन्’ विद्यालयका प्राधानाध्यपक कलु खड्काले भन्नुभयो–‘सानो कक्षा कोठा रहेको छ, विद्यार्थीलाई व्यवस्थापन तथा पढाइ बुझाउन समस्या भइरहेको छ ।’ सेक्सन छुटाउनुका लागि कक्षा कोठा छैनन् त्यसको साथसाथै शिक्षक अभाव रहेको प्रअ खड्काले बताउनु भयो ।
जीर्ण भवन त्यससँगै विद्यार्थी संख्या अनुसारको कक्षा कोठाको भवन नहँुदा पढ्नमा समस्या खेपिरहनु परेको कक्षा नौका छात्रा मनिषा केसीले गुनासो गर्नुभयो । ‘ १ सय ३८ जना छौँ, अन्तिम बेञ्च अर्थात अन्तिम सिटमा बस्दा ह्वाइटबोर्डमा सरले लेख्नु भएको देखिदैन्’ केसीले दुखेसो पोख्दै भन्नुभयो–‘सरले बोर्डमा नोट गरिदिनु भएको सार्न र पढाउनु भएको सुन्न तथा बुझ्नमा समस्या भइरहेको छ ।’
विद्यार्थी संख्या अनुसार कक्षा कोठा निर्माण गरिदिएमा उक्त समस्या समाधान हुने विद्यालयले जनाएको छ ।
प्रभावकारी शिक्षणको लागि आवश्यक पर्ने साधन–स्रोत एवम् गतिविधिहरूलाई व्यवस्थित रूपले सञ्चालन गरिएकोलाई शैक्षणिक व्यवस्थापन भएको मानिन्छ । शैक्षणिक व्यवस्थापन अन्तर्गत पाठ्यक्रमले निर्दिष्ट गरेको शैक्षिक उपलब्धि प्राप्त गर्नको लागि आवश्यक पर्ने शैक्षिक क्रियाकलाप, सामग्रीको छनौट, विधि तथा प्रक्रियाहरूले बन्दोबस्त लगायत शैक्षिक, भौतिक, सामाजिक एवम् व्यवस्थापकीय पक्षहरूको समन्वयात्मक भएको हुनु पर्छ ।
जयमान बुढा मगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाईे बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका– १ का अध्यक्ष ३५ वर्षीय सरदसिंह नेगी र सोही ठाउँका ४० वर्षीय केशबसिंह नेगीलाई असार १४ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै…
प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी
कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार गरेको आरोपित औरही गाउँपालिका–१ बस्ने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ । पीडित बालिकालाई…
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी…