विद्यार्थीहरु जोखिमपूर्ण जीर्ण भवनमा बसेर पठनपाठन गर्न बाध्य
जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकासँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ स्थित मान्धारा माध्यमिक विद्यालयका विद्यार्थीहरू जोखिमपूर्ण जीर्ण भएको भवनमा बसेर पठनपाठन गर्न बाध्य भएका छन् । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरू विद्यालयको भवन जीर्ण भएपछि जोखिमपूर्ण भवनभित्र बसेर पठनपाठन गर्न बाध्य भएका हुन् ।
करिब ६ वर्षदेखि जीर्ण भवनमा पढाउँदै आएपनि उक्त विद्यालयको समस्या समाधानका लागि गाउँपालिकालाई अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको विद्यालयका निमित्त प्रधानाध्यापक केशरबहादुर शाहीले जानकारी दिनुभयो ।
बाल विकासदेखि कक्षा ५ सम्मका ७२ जना विद्यार्थीलाई निकै जामिखपुर्ण अवस्थामा पढ्नु पर्ने कक्षा ५ मा अध्ययनरत रमिता शाहीले गुनासो गर्नुभयो । तर सोही विद्यालयका ६ देखि कक्षा १० सम्मका १ सय २४ जना विद्यार्थी अर्काे स्थानमा रहेको विद्यालयमा पठनपाठन गर्दै आएका छन् ।
प्राथमिक विद्यालय र माध्यमिक विद्यालयको दुरी करिब १० मिनेट लाग्ने दुरीमा अवस्थित छ । कक्षा ६ देखि १० सम्मको विद्यालयको भवन र अन्य सेवा सुविधा उपयुक्त भएपनि कक्षा ५ मा अध्ययन हुने विद्यालयको अवस्था विजोग भएको बालविकास शिक्षक अप्सरा शाहीले बताउनुभयो । बाल विकास शिक्षक डाँफु सुनारले भन्नुभयो ‘पुरानो चार ओटा कोठा भएको भवनमा पढाइ हुन्छ, वर्षा भए कोठामा पानी चुहिन्छ, कोठाको भुइँ प्लास्टर गरेको छैन्, कोठामा अध्यारो छ, भुइँमा खाल्डा परी दैनिक दिन धुलो मार्न पानी हाल्नुपर्ने समस्या छ ।’
विद्यालयको भवन जीर्ण हुँदा पढाउने बेला कति बेला के हुन्छ ?, भन्ने मनमा डर हुने सोही विद्यालयका शिक्षक शाहीले बताउनु भयाे । बच्चा बस्ने कोठा धुलाम्मे, त्यस्तै बेन्च, डेक्स, अग्ला भएकोले बच्चा खस्दा चोट लाग्ने गरेको छ । कक्षाकोठा पानीले हिलाम्मे भएपनि बाध्यताले पठनपाठन गर्ने पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
साना बालबालिकाका लागि उज्यालो कोठा, हरेक खेलौना, चित्रकला, कार्पेट हालेको कोठा, खेल्ने ठाउँ हरेक सुविधायुक्त विद्यालय बनाउने स्थानीय सरकारले भने पनि त्यो भनाइमा मात्र सीमित भएको स्थानीय अभिभावक बलिराज शाहीले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाहीले विद्यालय व्यवस्थापन समितिबाट निमित्त प्रधानाध्यापक जिम्मेवार दिएको बताउनु भयो । विद्यालयको जग्गा नभएर दुई स्थानबाट सञ्चालन भएकाले समस्या समाधानमा चासो कसैको नरहेको उहाँले बताउनु भयो । स्थानीय सरकारबाट अनुगमन भएपनि साना बालबालिका पढ्ने विद्यालयको समस्याका बारेमा चासो नलिएको उहाँको गुनासो छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…