विद्यार्थीहरु चिसो भुइँँमा बसेर पढ्न बाध्य

  ०७८ मङ्सिर १४ गते

नेपालको संविधान २०७२ को धारा ३९(२)मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारा, खेलकुद तथा मनोरञ्जन तथा सर्वागीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरिएको भएपनि केआइ सिह गाउँपालिका–५ दुर्गा प्राथमिक विद्यालयमा अध्ययनरत १ सय ३६ जना विद्यार्थीहरु भुइँमै बसेर पढन बाध्य भएका छन ।

गत असोज महिनामा आएको बाढीका कारण दुर्गा प्राथमिक विद्यालयमा रहेका फर्निचर, खेलकुद समाग्री, पिफम, कागज–पत्रलगायतका समाग्रीहरुमा क्षति पुगेको एक महिना भन्दा बढी भइसक्दा समेत विद्यालय व्यवस्थापन हुन नसकेपछि विद्यार्थीहरु भुइँमा बसेर पढ्न बाध्य भएका हुन ।

photo20211130doti (1)

बाढीले विद्यालयमा रहेका सबै सामाग्रीहरुमा क्षति पुगेपछि एक कक्षादेखि तीन कक्षासम्म अध्ययनरत विद्यार्थीहरु चिसो भुइँमा बसेर पढन बाध्य भएका दुर्गा प्राथमिक विद्यालयका प्रधानध्यापक प्रेमबहादुर बिकले बताउनु भयो ।

समस्या समाधानको लागि गाउँपालिकासँग समन्वय गरी आग्रह गरिएको भएपनि अहिलेसम्म समाधान हुन नसकेको उहाँले बताउनु भयो ।

विद्यालयमा बालिकालिकाहरु भुइँमा बस्दै आएका कारण पनि बालबालिकाहरुको स्वास्थ्य अवस्था बिग्रने चिन्ता बढेको स्थानीय अभिभाबक लक्ष्मण भट्टले गुनासो गर्नु भयो ।

16 days campaignNepali

रानागाउँ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर पदमराज शर्माले गत एक सातादेखि चिसो बढदै गएकाले दैनिक रुपमा आठदेखि १० जनासम्म रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी बालबालिकाहरु स्वास्थ्य केन्द्रमा आउने गरेको बताउनु भयो ।

photo20211130doti (2)

आर्थिक अभाव, स्थानीय सरकारको कमजोरी तथा विद्यालय व्यवस्थापन समितिको आर्थिक कठिनाइका कारण दुर्गा प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिका भुइँमै बसेर अध्ययन गर्न बाध्य छन ।

के.आइ.सिह गाउँपालिका–५ का अध्यक्ष रामचन्द्र राणाले विद्यालयमा बालबालिकाहरु भुइँमा बस्दै आएको गुनासो आएपछि समस्या समाधानका लागि गाउँपालिकासँग समन्वय गरी बस्नका लागि पिफमको व्यवस्था गरिने बताउनु भयो ।

photo20211130doti (3)

के.आइ.सिह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले विद्यालय व्यवस्थापन समितिले विद्यालयको भौतिक संरचना फर्निचर, कापि, कलम, पोषाकलगायतका समाग्रीको माग गरेकाले चाडो भन्दा चाडो उपलब्ध गराउने बताउनु भयो ।

photo20211130doti (4)


गणेश जोशी