विद्यार्थीसँग शुल्क उठाउँदै सामुदायिक विद्यालय
आधारभूत तहको शिक्षा निशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने संवैधानिक हक विपरीत मन्थली माध्यमिक विद्यालयले विद्यार्थीसँग शुल्क उठाएको छ ।
संवैधानिक व्यवस्थालाई चुनौति दिँदै रामेछापका सामुदायिक विद्यालयले विद्यार्थीसँग शुल्क उठाइरहेका छन् ।
जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यमिक विद्यालयले विद्यार्थीसँग गैर कानुनी रूपमा शुल्क उठाएको छ । सो विद्यालयले विद्यार्थीबाट भर्नाको नाममा शुल्क उठाएर त्यसको रसिद विद्यार्थीलाई दिने गरेको छ ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या अनुसार शिक्षक नभएका कारण निजी श्रोतबाट शिक्षक राख्नु परेको र ती शिक्षकलाई तलब खुवाउन शुल्क उठाएको विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद दाहालको भनाइ छ ।
विद्यालयले विगतमा पनि सहयोगको नाममा विद्यार्थीसँग रकम उठाउँदै आएको थियो । सो विषयलाई लिएर विद्यालय आलोचित भए पनि विद्यार्थीबाट पैसा उठाउन भने छाडेको छैन ।
विद्यालयले तोकेको शुल्क नबुझाएसम्म विद्यार्थी भर्ना नै नलिने अभिभावकको गुनासो छ ।
मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख सौभाग्य न्यौपानेले पैसा नतिरेकै कारण कुनै विद्यार्थीलाई भर्ना नलिएर पढ्न नपाए विद्यालयलाई कारबाही गर्ने बताए पनि कार्यन्वयन भने हुन सकेको छैन ।
यसैबीच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापले संविधान विपरीत विद्यालयले विद्यार्थीसँग भर्ना शुल्कका नाममा पैसा असुल गरेको भन्दै ०८० जेठ १ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्ववियुले सामुदायिक विद्यालयले विभिन्न बहानामा लिएको शुल्क खारेज गर्न माग गरेको छ ।
यस विषयमा सम्बन्धित विद्यालयसँग बसेर छलफल गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले प्रतिबद्धता जनाउनुभएको अनेरास्ववियु रामेछापका सचिव पुष्कर भट्टराईले जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा ३१ को शिक्षाको अधिकार अन्तर्गत उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुने छ भन्ने व्यवस्था गरेको छ । तर सो विद्यालयले आधारभूत तहमा पढ्ने विद्यार्थीसँग समेत शुल्क लिएको छ ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको…