विद्यार्थीलाई शारीरिक यातना दिएको आरोपमा शिक्षकमाथि कारवाही

ओखलढुङ्गाको एक निजी विद्यालयले दुई जना विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा शिक्षकलाई पदबाटै बर्खास्त गरेको छ ।

सोब्रु अङ्ग्रेजी विद्यालयका शिक्षक भूपाल राईले ट्यूशन पढाउने क्रममा दुई जना विद्यार्थीलाई ०७४ फागुन ३० गते कुटपिट गरेपछि आगामी दिनमा विद्यालयमा काम काजमा नलगाउने गरी चैत १ गते बर्खास्त गरिएको विद्यालयले जनाएको छ ।

राईले चैत ३० गते ट्यूशन पढाउने क्रममा कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरू त्सव भण्डारी र सविन कट्वाललाई निलडाम हुने गरी कुटपिट गरेका थिए ।

अभिावकको उजुरीपछि विद्यालयले कारवाही गरेको सूचना जारी गरेको हो । विद्यालयका निर्देशक सूर्यप्रकाश राईले कारवाही गरेको निर्णय सार्वजनिक गरेका हुन् ।


शिवप्रसाद ढुङ्गाना