विद्यार्थीलाई शारीरिक दण्ड दिएको आरोपमा शिक्षक निलम्बन
सुनवल नगरपालिकास्थित महाकवि देवकोटा मावि कक्षा १० मा अध्यनरत १६ वर्षीय प्रदिप कहारलाई शारीरिक दण्ड दिएको आरोपमा भदौ २५ गते विद्यालय व्यवस्थापन समितिले ४८ वर्षीय शिक्षक कौशलराज तिवारी र प्रधानाध्यापक ४२ वर्षीय बाबुराम पाण्डेलाई १० दिनका लागि निलम्बन गरेको छ ।
पीडित कहारले भदौ १९ गते राम्रो पढाइ नभएको भनेपछि कक्षा कोठामा शिक्षक तिवारीले कुटपिट गरेको र प्रअ पाण्डेलेसमेत कुटपिट गरेको पीडितका साथी धिरज पाण्डेले बताए ।
पीडित पक्षले घटनाका बारेमा सुनवल नगरपालिकामा भदौ २३ गते उजुरी दिएको थियो । नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले कारवाहीका लागि विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिइएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले अनुसन्धानलाई सहज बनाउन १० दिनका लागि निलम्बन गरिएको बताए ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…