विद्यार्थीलाई पुस्तक ढुवानी गर्न लगेपछि विद्यालय बन्द, पठनपाठन प्रभावित
सिमकोट गाउँपालिका वडा नम्वर ८ स्थित सैपाल हिमाल माध्यमिक विद्यालय बन्द गरि विद्यार्थीलाई विद्यालयको पुस्तक बोकाउन लगेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
हालसम्म पाठ्यपुस्तक नपगेका अधिकांश विद्यालय मध्ये सिमकोट गाउँपालिका–८ को स्याडाँस्थित सैपाल हिमाल मावि पनि पाठ्यपुस्तक नपुगेको एक विद्यालय हो ।
सदरमुकाम सिमकोटबाट सोही गाउँपालिका–७ को धारापोरीमा गाडीमार्फत साउन ८ गते किताब पुगेपछि उक्त विद्यालयका विद्यार्थीलाई पुस्तक ढुवानी गर्न साउन ८ र ९ गते लगेपछि विद्यार्थीको पठनपाठन दुई दिन प्रभावित भएको स्याँडाका स्थानीयबासी जित बुढाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।
स्थानीयबासी बुढाका अनुसार विद्यालयको जस्तो सुकै काम गर्नु पर्दा विद्यालयको कार्यालय सहयोगी हुँदाहुँदै शिक्षकहरूले करिव आठ जना विद्यार्थीलाई खटाएर धारापोरीबाट उक्त पुस्तक ओसार्न लगाउनु भएको हो । विद्यार्थीलाई किताब ल्याउने निहुँमा विद्यालय बन्द हुने, विद्यालय दिउँसो दुई बजे नै ताला बन्द गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप अभिभावक बुढाले लगाउनु भएको छ ।
कक्षा ३ देखि ५ सम्मका विद्यार्थीलाई करिव तीन घण्टाको समय लाग्ने गाउँ धारापोरीसम्म पु¥याएर पुस्तक बोकाएर ढुवानी गर्दा बालश्रम भएको स्थानीय बुढाले गुनासो गर्नु भयो । हुम्लाका अधिकांश विद्यालयमा शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा पनि अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय बन्द प्रति स्याँडाका स्थानीयले साउन ९ गते दिउँसो विद्यालयमा गएर विरोध समेत जनाएका छन् ।
विद्यालय बन्द भएर विद्यार्थीको पठनपाठन प्रभावित भएको विषयमा उक्त विद्यालयका प्रद्यानाध्यापक देवबहादुर बुढाले यस्तो क्रियाकलाप प्रति आफ्नो पनि आपत्ति रहेको जनाउनु भयो । उहाले भन्नु भयो म विद्यालयमा थिइन विद्यालयकै कामका लागि सिमकोट गएको र अन्य शिक्षक साथीहरूले के गरे यस विषयमा जानकारी नभएको प्रतिकृया दिनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…