विद्यार्थी कुटपिट घटनाका आरोपित शिक्षकविरुद्ध उजुरी

११ वर्षीय अनिश अधिकारीलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले गंगाजमुना गाउँपालिका–५ स्थित मण्डली माविका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर कार्कीविरूद्ध जेठ ७ गते फुलखर्क प्रहरी चौकीमा उजुरी दिएका छन् ।

कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई जेठ ४ गते  कक्षाकोठा भित्र कुटपिट गरेको भन्दै पीडितकी आमा कोपिला अधिकारीले उजुरी दिनु भएको हो ।

गाला सुन्निनेगरी कुटपिट भए पछि विद्यालयमा पुगेर बुझ्दा आफूलाई समेत धम्की दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडित बालक कक्षाको क्याप्टेन भएको र प्रधानाध्यापकका  छोराले भनेको नमानेको विषयलाई लिएर कुटपिट गरेको पीडितकी आमाले बताउनु भयो ।

पीडितको जेठ ६ गते काठमाडौं स्थित अस्पतालमा उपचार भयो

घटनापछि पीडितकी आमालाई जनप्रतिनिधि र   विद्यालय परिवारले  जबरजस्ती मिलापत्रको कगजमा हस्ताक्षर गराएकोले न्याय र क्षतिपूर्ति माग गर्दै उजुरी दिनु भएको हो ।


सिताराम अधिकारी