विद्यार्थीबिच भएको झडपमा एक घाइते
नेविसङ्घ र अनेरास्ववियुका विद्यार्थीबिच फागुन २१ गते भएको झडपमा नेविसङ्घका कार्यकर्ता भीमदत्त नपा-४ भगतपुरका २४ वर्षीय सुदिप उप्रेती घाइते भएको पीडित पक्षको आरोप छ ।
स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि फागुन २१ गते भीमदत्त नपा-४ मा दुवै समूहका विद्यार्थीको जम्काभेट हुँदा भएको झडपमा अनेरास्वियुका विद्यार्थीहरूले खुकुरी प्रहार गरी उप्रेतीलाई घाइते बनाएको पीडित पक्षको आरोप छ । पीडित उप्रेतीको उपचार महाकाली अञ्चल अस्पतालमा भइरहेको छ ।
नेविसङ्घ र तरुणदलले घटनाका आरोपितलाई कारबाहीको माग गर्दे फागुन २२ गते दिउँसो दुई बजे सम्म कञ्चनपुर बन्द गराएका थिए ।
अनेरास्वियुका विद्यार्थीहरूले आक्रमण नगरेको र व्यक्तिगत झगडा भएको अनेरास्वियुका जिल्ला सहसचिव नरेन्द्रसिंह कार्कीले बताए ।
उक्त घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी नैनसिंह कार्कीले बताए ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…