विद्यार्थीको कुटपिटका कारण प्रधानाध्यापक घाइते

गोकर्णेश्वर नगरपालिका–६ मा रहेको बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालयका प्राध्यानाध्यापकमाथि विद्यालयका काक्षा १० मा अध्ययनरत विद्यार्थी २२ वर्षीय छिरिङ तामाङले जेठ ८ गते कुटपिट गरी घाइते बनाएका छन् ।

नुवाकोट वेलकोटगढी नगरपालिका–११ घर भएका ३० वर्षीय प्रधानाध्यापक निर्मल तामाङलाई आरोपितले विद्यालयमा आएका आफ्नै अभिवावकलाई कुटपिट गर्न खोजेपछि रोक्न खोज्दा उनीमाथि कुटपिट भएको विद्यालय प्रशासनले जनाएको छ ।

छिरिङ विद्यालयबाट १०-१५ दिन नै हराउने र फेरि सम्पर्कमा आउने गरेपछि उनका अभिभावकले आफ्नो छोरा समय समयमा यसरी विद्यालयबाट हराउनुको पछाडि कतै लागुऔषध दुव्र्यसनीमा फसेको त होइन भन्ने विषयमा विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्ने क्रममा अभिभावकमाथि जाइलागेका छिरिङलाई छुट्याउन जाँदा प्रधानाध्यापक तामाङको देब्रे आँखामा चोट लागेको छ ।

घाइते प्रधानाध्यापक श्रेष्ठको उपचार जेठ ८ गते तीलगङ्गा आँखा अस्पतालमा उपचार गरिएको विद्यालय प्रशासनले जनायो ।


विमला पौडेल