विगत ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयको गुनासो
सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयहरूले गुनासो गरेका छन् ।
लक्षित वर्ग ज्येष्ठ नागरिक र एकल महिलाको सामाजिक सुरक्षा भत्ता १ सय ५० जनाले ६ महिना देखि पाएका छैनन् ।
०७६ देखि बुझदै आएको सामजिक सुरक्षा भत्ता २०७९साउनदेखि नपाएको प्यूठान नगरपालिका– ३ की ७४ वर्षीया सरस्वती सापकोटाले बताउनु भयो । आफूले ०७९ साउन महिनामा वडा कार्यालयमा पुगेर नविकरण गरेको र आफूसँगै नविकरण गरेकाहरूले कात्तिक महिनामा भत्ता बुझि सकेको र आफुले अहिले सम्म नपाएको बताउनु भयो ।
वडा कार्यालय पुगेर सोधपुछ गर्दा तपाईको नविकरण नभएकोले नआएको पछि आउछ भन्ने आश्वासन पाएको बताउनु सरस्वतीले बताउनु भयो ।
६ महिना देखि सामाजिक भत्ता नपाए पछि दैनिक गुजारा चलाउन समस्या परेको प्यूठान नपा– ३ का ६५ वर्षीय मोहन गन्र्धभले बताउनु भयो ।
आफूले पाउदै आएको भत्ता लामो समयसम्म आफूले नपाएको र वडा कार्यालयमा सवै कागाजात बुझाए पनि नगरपालिकाले विभेद गरेको तथा आप्mना राजनीतिक सर्मथकलाई मात्र प्रथामिता दिएको प्यूठान नपा — ३ की ५९ वर्षीया एकल महिला सुशिला खडकाले आरोप लगाउनु भयो ।
एक दुई जनाले मात्र नभएर प्यूठान नगरपालिकाका १ सय ५० जनाले विगत ६ महिना देखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।
सामाजिक सुरक्षा भत्ता बितरण गर्ने बैक फरक भएकोले कोडमा समस्या भएको, कतिपयको नविकरण छुट भएको र केहीको कार्यालयको गल्तीका कारण नविकरण नभएकोले समस्या भएको प्यूठान नगरपालिका–३ का वडाध्यक्ष सुमन श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठले सबै गल्ती कमजोरीलाई सुधार गरेर पाउदै आएको सामाजिक सुरक्षा भत्ता सबैलाई उपलव्ध गराउने बताउनु भयो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…