विगत एक वर्षदेखि एक्सरे सेवा बन्द,बिरामीलाई सास्ती
रुण्टीगढी गाउँपालिकामा रहेको प्राथमिक स्वाथ्य केन्द्र होलेरीमा थ्रिफेस लाइन जडान नहुँदा विगत एक वर्षदेखि एक्सरे सेवा बन्द भएको छ ।
एक्सरे सेवा बन्द हुँदा सामान्य चेकजाचको लागि समेत बिरामीहरुलाई दाङ जानुपर्ने बाध्यता रहेको छ । एक्सरे सेवाका सञ्चालनकालागि सिङ्गल फेजले भोल्टेज पुग्दैन, अस्पतालमा थी्रफेस जडान नहुँदा एक्सरे सेवा दिन सञ्चालन गर्न नसकिएको प्राथमिक स्थास्थ्य केन्द्रले जनाएको छ ।
जसका कारण बिरामीहरुले एक्सरे सेवा लिन महङ्गो भाडा तिरेर दाङको तुलसीपुर जानुपर्ने बाध्यता रहेको स्थानीय पार्वती पुनले बताउनु भयो । सादा डिजिटल एक्सरे सेवाकालागी प्रइभेट क्लीनिक समेत नहुँदा दाङ जानुपर्दा महङ्गो भाडा र समय खेर जाने उहाँको भनाई छ ।
हाल प्राथमिक स्वास्थ्य केन्द्र नयाँ भवनमा सरेको छ । नयाँ भवनामा थ्रीफेज लाइन जोडिएको छैन् । स्थानीय र प्रदेश सरकारलाई थ्रीफेज जोडन पटक पटक आग्रह गर्दासमेत समस्याको समाधान नहुँदा सादा एक्सरे सेवा समेत दिन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका स्वास्थ्य शाखा प्रमुख गणेश बुढाले बताउनु भयो ।
अन्य सेवाहरु नियमितरुपमा प्रवाह भइरहे पनि एक्सरे गर्नु पर्ने बिरामीलाई दाङ पठाउने गरेको प्रथामिक स्वास्थ्य केन्द्रका ल्याब असिस्टेन्ट कमल रेग्मीले बताउनु भयो ।
सम्बन्धित समाचारहरू
नौ दिनदेखि धर्नामा बसेका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित नौ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बसिरहनुभएका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।…
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…