विकास बजेट दुरुपयोग सम्बन्धमा समाचार लेखेको भन्दै पत्रकारलाई कुटपिट
वेङ्गाडावर गाविस-२ घर भई मिथिला नपा-७ बस्ने २७ वर्षीय पत्रकार राजकमल भनिने रामकमल सिंहलाई विकास बजेट दुरुपयोग सम्बन्धमा समाचार लेखेको भन्दै गोठकोयलपुर-२ निवासी धनुषा क्षेत्र नम्बर १ का काङ्ग्रेस सभापति २५ वर्षीय नविन गोहिवारको नेतृत्वमा आएको एक समूहले भदौ २९ गते बिहान भानुचोकमा कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
जिल्ला विकास समिति र संसदीय क्षेत्र विकास कोषको रकम दुरुपयोग भएको विषयमा समाचार लेखेको भन्दै आफूलाई काङ्ग्रेसका कार्यकर्ताले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाएका हुन् ।
आफ्नो राजनैतिक चरित्र बदनाम गराउने गरी समाचार लेखेको भन्दै काङ्ग्रेस नेता गोहिवारलगायत गोहिवारसँगै गाडीमा आएका सात-आठ जनाको समूहले न्युज २४ टेलिभिजन, अनलाइन खबर र अभियान दैनिक धनुषाका सम्वाददाता सिंहलाई घेरा हालेर मुक्का र लातीले कुटपिट गरेको कान्तिपुर दैनिकका सम्वाददाता श्यामसुन्दर शशिले बताए । टाउकोको पछाडि भागमा चोट लागेका पत्रकार सिंहको जनकपुर अञ्चल अस्पतालमा उपचार भएको पनि शशिले जानकारी दिए ।
धनुषाको १ नम्बर क्षेत्रस्थित गोठकोयलपुरको सडक निर्माणमा ठूलो आर्थिक अनियमितता भएको समाचार पत्रकार सिंहले भदौ २८ गते लेखेका थिए । सोही समाचारको निहुँमा आफूमाथि अमानवीय तरिकाले आक्रमण गरेको भन्दै पत्रकार सिंहले भदौ २९ गते कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
समयमा घटनास्थलमा स्थानीय पुग्न नसकेको भए आफूलाई अपहरण गरी बेपत्ता बनाउने शैलीमा आक्रमणकारी प्रस्तुत भएको पत्रकार सिंहले बताए ।
यसैबीच पत्रकार सिंहलाई कुटपिट गरेको आरोपमा काङ्ग्रेस नेता गोहिवार, विषरभोरा-९ का २५ वर्षीय पुष्पेन्द्र गोइत र धनौजी-८ का ३० वर्षीय सञ्जीवकुमार मण्डल, माचिझिटकैयाका २५ वर्षीय सन्तोष यादवलगायत पाँच जनालाई भदौ २९ गते प्रहरीले घटनास्थलबाट गिरफ्तार गरेको छ ।
घटनामा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका एसपी लालमणी आचार्यले बताए ।
पत्रकार महासंघ, प्रेस सेन्टर, प्रेस चौतारीलगायतका पत्रकारितासँग जोडिएका संस्थाहरूले घटनाको भर्त्सना गर्दै घटनामा संलग्नलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन् ।
विनोदकुमार रविदास
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…